तुलसीपुर, भदौ २५ । लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले आँफुले राम्रो काम गरेको देखेर नेकपा एमालेका नेताहरु छटपटाउन थालेको बताएका छन् ।
दाङको तुलसीपुरमा शनिबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री चौधरीले राजधानी ब्यबस्थित गर्न अहिले धमाधम काम भइरहेको देखेपछि एमालेका नेताहरुले डाहा गर्न थालेको बताएका हुन ।
‘ म सहरी विकाश मन्त्रीको हैसियतले राजधानी ब्यबस्थित गर्न धमाधम काम गरिरहेको छु,’ उनले भने ‘ अब छिट्टै ६ अर्वको टेन्डर निकाल्ने तयारी भइरहेको हुँदा बिपक्षी दलका नेताहरुलाई खेपी नसक्नु डाहा भइरहेको छ ।’
एमालेहरु गफ मात्रै दिएर बसेको र अहिले आँफुले स्थायी राजधानीमा धमाधम काम गरि चिटिक्क पार्दै लगेको देखेर उनीहरु आत्तिएको उनको तर्क थियो ।
जति गफ लगाए पनि एमालेका नेताहरुले १८ बिगाहा जग्गामा रहेको राप्ती प्राबिधिक शिक्षालय सार्नसमेत नसकेको र यतिखेर आँफुले बिद्यालय सार्नका लागि संझौता गरि सकेको उनले जानकारी दिएका थिए ।
शिक्षालय सारेपछि राजधानी ब्यबस्थित गर्न थप सहज हुने उनले आशा ब्यक्त गरेका थिए ।
त्यस्तै उनले आँफुमाथि आशंका नगर्न आग्रह गरे । दाङमा राजधानी ल्याउनका लागि पार्टीको ह्विपसमेत उलंघन गरि आफ्नो माटोको लागि पद धरापमा राखेर लुम्बिनी प्रदेशसभामा मतदान गरेको ब्यक्तिलाई आशंका गर्नु निर्वाचनको समयमा बिपक्षीले झुटको राजनीति मात्रै गर्न खोजेको उनको भनाई थियो ।
‘ म आफ्नो माटोलाई गद्दारी गर्दिन।’ उनले अगाडि भनेका थिए ‘ म माथि आशंकाहरु पैदा गराएर चुनाब जित्न सकिन्छ भन्ने भ्रम नपाल्दा हुन्छ ।’
केही दिन पहिले प्रदेश प्राधिकरणको कार्यक्रममा आँफुलाई डेंगी भएका कारण आउन नसकेको स्पष्टिकरण दिदै उनले निर्वाचनको मुखमा राजनीतिक खफतका लागि अपबाफ फैलाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए ।
मन्त्री चौधरीले पार्टीले आँफुलाई फेरि पनि प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क) का लागि सिफारिस गरेको भन्दै पार्टीको आदेशलाई आँफुले जहिलै आत्मसाथ गरेर अगाडि बढ्ने बताए ।
नेपाली काँग्रेस गठबन्धनलाई जोगाएरै अगाडि बढ्ने उनले बताएका थिए ।
नेपाल प्रेस युनियनका कार्यबहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य युनियनकी जिल्ला सदस्य यमकला भुसाल र सहजीकरण सन्तोस केसीले गरेका थिए ।