सल्यान,भदौ २३ । नेकपा माओवादी केन्द्र सल्यानले एक मात्र संघीय क्षेत्रका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस हुनेमा केन्द्रीय सदस्यद्वय टेकबहादुर बस्नेत र रमेश मल्ल छन् ।
बस्नेत सल्यानका यसअघिका पनि सांसद हुन । मल्ल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत हुन । उनी अलिख क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुन ।
संघीय क्षेत्रकै लागि समानुपातिकमा कमल विक, दिलमाया बुढामगर र रत्नवबहादुर वलीको नाम सिफारिस भएको छ।
प्रदेशसभा ‘क’ तर्फ भीमप्रकाश शर्मा र प्रदेशसभा ‘ख’ तर्फ चित्रबहादुर केसीको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार