२०८१ चैत्र ९ गते शनिवार

अडिटर्स एसोसिएसनमा घर्ती


तुलसीपुर, १२ फागुन ।
नेपाल अडिटर्स एसोसिएसन दाङको अध्यक्षमा ललित बहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् । एसोसिएसनको पाँचौ जिल्ला अधिवेशनले घर्तीलाई अध्यक्षमा चयन गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अम्वर गिरी, सचिव हरिबहादुर डिसी, कोषाध्यक्ष कैलाश श्रेष्ठ, सदस्यहरुमा पोषणराज न्यौपाने, पुस्करराज रिजाल, सुवोध रेग्मी, गोपालप्रसाद पोख्रेल र थम्मन अधिकारी रहेका छन् । अधिवेशनले रमेश केसी, हर्षबहादुर डाँगी, लक्ष्मण पोख्रेल, शंकरप्रसाद गौतम, शंकरप्रसाद आचार्य, अनुप थापा र मोहनबहादुर महरालाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।

अध्यक्ष रमेश केसीको अध्यक्षतामा तथा केन्द्रीय सदस्य विरेन्द्र महराको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हर्षबहादुर डाँगी, तुलसी गिरी र सुवोध रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष कैलाश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ललितबहादुर घर्तीले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *