२०८२ असार ७ गते आइतवार

नवौ राष्ट्रिय खेलकुदका लागि जिल्ला स्तरिय खेलाडी छनोट सुरु

लक्ष्मण बस्नेत, दाङ, भदौ १७। ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्ला स्तरिय खेलाडी आज देखि सुरु भएको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना एवं युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको तत्वावधानमा संचालन भएको प्रतियोगिताको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले गरेका हुन।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले राष्ट्रको सान र पहिचान संग जोडिएको खेलकुद क्षेत्रको बिकास स्थानिय स्तर बाट हुनु पर्ने बताए।

राष्ट्रको गौरव र पहिचानका रुपमा रहेको खेल क्षेत्र लाई उचाईमा पुर्‍याउन खेलकुद बिकास र संघहरुको प्रयासले मात्र संभव छैन, अब स्थानिय स्तर बाटै आम नागरिकको चासो र चिन्तन उत्तिकै आवश्यक छ उनले भने।

उनले नवौ राष्ट्रिय खेलकुद खेलाडीको भविष्य कोर्ने एउटा ऎतिहासिक अबसर भएकाले अनुशासनको उच्च आदर्शलाई आत्म साथ गर्दै आफ्नो कला कौशल प्रस्तुत गर्न खेलाडी लाई आग्रह समेत गरे ।

प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका का उपप्रमुख स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा जिल्ला प्रहरी प्रमुख वीर बहादुर वलि,रनसिह दल घोरहीका निमित्त गणपति भागिरथ महत,लुम्बिनी प्रदेश खेलक्द परिषदका सदस्य टेक बहादुर बिक, इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख पुष्प राज मल्ल, खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधी, खेलप्रेमी लगाएतको उपस्थिति रहेको थियो ।

दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रममा गोरखा माबी तुलसिपुर, डिभाईन टेम्पल एकाडेमी तुलसिपुर, सर्मिला केसिले नृत्य प्रस्तुत गरेका थिए भने कराते खेलाडीले काता बुन्काई प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच जिल्ला छ्नोट प्रतियोगिता अन्तरगत आज बेल्झुण्डिमा पुरुष भलिबल, महिला फुटबल छनोट सम्पन्न भएको छ भने अन्य खेलको छनोट भदौ १९ गते सम्म चल्ने दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ती सोमैले जानकारी दिए ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ आउदो असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुदैछ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *