दाङ, भदौ १६ । अटो रिक्सा दुर्घटनामा परि एक जना १५ महिने सिशुको मृत्यु भएको छ । थप पाँच जना घाइते भएका छन् ।
रोल्पाको माडी गाउँपालिका वडा नं. २ की २८ बर्षीया ललिता घर्तीको छोरा १५ महिनाको छोरा अनमोल घर्तीको अटो दुर्घटनामा मृत्यु भएको छ ।
बिहीबार बेलुका साढे पाँच बजेतिर लिबाङबाट रेउघा कालोपत्रे बाटोमा जाँदै गरेको रा १ ह ३०२२ अटो घट्ट खोला सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते बालक घर्तीको जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा अनमोलकी आमा ललिता, रोल्पा नगरपालिका – १ की ३३ वर्षीया मनकुमारी कवर, उनकी छोरी ११ वर्षीया रोशनी र सोही वडाकी १८ वर्षीया जानकी रावत घाइते भएका छन ।
उनीहरु सबैको अवस्था सामान्ने रहेको जानकारी प्रहरीले दिएको छ ।
उनीहरुको उपचार जिल्ला अस्पताल रेउघामा जारी छ ।
प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।