शिवु खनाल,
देउखुरी, फागुन ११। दाङको वडा प्रहरी कार्यालय लमहीले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको । नेपाल सरकारद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्तिक ११ गते लागु भएदेखि गृह मन्त्री रामबहादुर थापा (बादलले) उद्घाटन गरि दाङ सहित देशैभरि रहेका सम्पूर्ण विद्यालयहरु, वडा समितिहरुमा गइ सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोही कार्यक्रम अनुसार अहिले दाङको लमही नगरपालिका परिसर भित्र रहेका सम्पूर्ण विद्यालय, वडा समितिहरुमा सचेतनामुलक सम्बन्धि कार्यक्रम गर्दै आएको वडा प्रहरी कार्यालय प्रहरी निरिक्षक अरुणकुमार सिहले जानकारी दिए ।
हामीले पाँच महिनाको अवधिमा लागु औषध, सडक दुर्घटना,आधारभुत सुरक्षा, साईभर अपराध, बाल विवाह, आकास्मिक नम्बरहरुको प्रयोग, मानव अधिकार, महिला तथा बालबालिका विरुद्ध हुने अपराध लगाएत अन्य सचेतनामुलक कार्यक्रमहरु सम्बन्धि लमही नगरपालिकाका प्रत्येक वडा समितिहरु र नगर क्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा कार्यक्रमहरु गर्दै आईरहेको प्रहरी निरिक्षक सिहंले जानकारी दिए ।
प्रत्येक वडाहरुमा गएर समुदाय वडा समिति गठन गरिएको छ र प्रत्येक वडाहरुमा टोल विकास समिति गठन गर्ने र लमही नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरुमा विद्यालयका प्रध्यानध्यापकहरुको संयोजत्वमा विद्यालय समिति गठन गरि सचेतनामुलक कार्यक्रमहरु गर्ने प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।
प्रहरी निरिक्षक सिंहका अनुसार लमही नगरपालिको वडा समितिहरुको आयोजनामा वडा नम्बर एक मा एक सय ७९ जना महिला, वडा नम्बर दुईमा केरुनिया गाउँ स्थित लैङगिक हिंसा विरुद्व एक सय एक जना महिला तथा पुरुषलाई, वडा नम्बर तिनमा साठी जना महिला, वडा नम्बर चारमा सरसफाई अभियान, वडा नम्बर पाँचमा सवारी दुर्घटना न्युनिकरणको लागि दुई सय बाह्र जना सवारी चालकहरुलाई निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम र वडा नम्बर छ मा लैङगिक हिंसा विरुद्ध ४५ जान महिलाहरुलाई सचेतनामुलक कार्यक्रम गरिसकेको बताए ।
तत्काल अहिले लमही नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरुमा विद्यालय समिति गठन गर्ने र प्रहरीसंग रहेका सम्बन्धि सेवाबारे जानकारी दिने सिंहले बताए ।