२०८१ बैशाख १३ गते बिहिवार

सांसद ओलीको अन्त्येष्टिमा हजारौं सहभागी (फोटो फिचर)

राजेश खत्री,
दाङ,फागुन ११ । सवारी दुर्घटनामा परी निधन भएका ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको अन्तेष्टिमा हजारौं मानिस सहभागी भए ।

शनिवार विहान सांसद वलीको पुर्खेउली गाउँ दंगिशरण गाउँपालिका वडा नं. –५ स्थित बागर खोलामा अन्त्येष्टि गर्दा हजारौं सर्वसाधारण मानिस सम्मानका लागि पुगेका थिए । अन्तिम श्रद्धाञ्जली दिन संघीय संसदका सभामुख कृष्णबहादुर महरा, ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, कानुन मन्त्री कुलप्रशाद केसी, नेपाली काँग्रेसका नेता तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी, अन्य प्रदेश मन्त्री, संघीय संसद, प्रदेशसभा सदस्य, नेकपा, नेपाली काँग्रेस र अन्य दलका नेता, कार्यकर्ता, शुभचिन्तक पुगेका थिए । स्वर्गीय सांसद ओलीको सम्मानमा नेपाल प्रहरीले सलामी अर्पन गरेको थियो ।

श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सदस्य उत्तरकुमार ओलीको निधनले प्रदेशलाई अपुरणिय क्षति पुगेको बताए। उनले उत्तरकुमार ओलीले देखेका सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र पश्चिम दाङको विकासको लागि भूमिका खेल्ने बताए। यस्तै उनले सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले माननिय उत्तरकुमार ओली सडक सुरक्षा योजना लागू गर्ने बताए। ‘ हामीलाई यो घटनाले पाठ सिकाएको छ । अब प्रदेश पाँचमा सवारी दुर्घटना न्यूनिकरण गर्न विशेष कार्यक्रम ल्याउने छौँ।’, उनले भने

प्रदेश सभामुख पूर्णबहादुर घर्तीले उत्तरकुमार ओलीको निधनले प्रदेश सभालाई ठूलो क्षति पुगेको बताए। माघ २४ गते भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ बर्षीय ओलीको उपचारको क्रममा १६ दिनपछि शुक्रवार राजधानी स्थित मेडिसिटी अस्पताल निधन भएको थियो । ओलीका दुई नावालक छोरा र श्रीमती छन् । घोराही ३ चिसापानीमा ओली सवार बा १८ च ६८३६ नम्बरको कारलाई र ना ५ ख ५५२९ नम्बरको बसले ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *