२०८३ बैशाख ११ गते शुक्रवार

अमेरिकाको न्यूयोर्कमा मनाइयो होली, हेर्नुहोस फोटोफिचर 

नेपालका तराई जिल्लाबासीले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका बेला रंगहरुको पर्वको यो रौनकमा प्रवासमा रहने नेपालीहरुले पनि होलि पर्व धुमधाम सहित मनाएका छ्न । 

अमेरिकाको न्यूयोर्कमा होली मनाइएको छ । नेपाली संस्कृतिको जगेर्ना गर्न र प्रवासमा नेपाली मौलिकता बचाइ राख्न राप्ती सेवा समाज, न्यूयोर्कले होली विशेष कार्यक्रमको आयोजना गरेको हो ।

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात् होली परम्परागत रूपमा विभिन्न रंग दलेर मनाउने र यो पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीक र पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा लिने  गरेको समाजका अध्यक्ष दिपक भट्टराईले बताए।

होली कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा होली खेलेको र होली रङ खेल्ने पर्व मात्र नभई आपसी प्रेम, मित्रता र सामाजिक एकताको सन्देश दिने भएकाले होलीको रौनक सँगै नेपाली संस्कृतिको झल्को अनुभूति गरेका थिए । 

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *