२०७७ कार्तिक १३ गते बिहिवार

सांसद वलीको शव गृह जिल्ला दाङमा (फोटो फिचर)

राजेश खत्री,
फागुन १० । ५ नं. प्रदेशका प्रदेश सांसद उत्तरकुमार वलीको शव काठमान्डौं वाट हेलिकोप्टर मार्फत दाङ शुक्रवार दिउँसो दाङ ल्याइएको छ । दाङको टरिगाउँ एयरपोर्ट सांसदको शव ल्याउँदा सयौं मानिस पुगेका थिए ।

प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती मगर, काननु मन्त्री कुलप्रशाद केसी, नेपाली काँग्रेसका नेता तथा प्रदेश सांसद डिल्लीबहादुर चौधरी लगाएतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए ।

एयरपोर्ट सांसद वलीको शव तुलसीपुरस्थित पूर्व नेकपा एमालेको अंचल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

शुक्रवार नै सांसद वलीको शव पुर्खेउली घर दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँको लेटारमा लगिने भएको छ । अन्तिम संस्कार भने शनिवार विहान ९ बजेपछि हुने जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *