२०८१ बैशाख २० गते बिहिवार

९औं राष्ट्रिय खेलकुद – भदौ १७ देखि जिल्ला छनोट

लक्ष्मण बस्नेत, तुलसीपुर, भदौ ६ । ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङमा जिल्ला स्तरिय खेलाडी छ्नोट भदौ १७ गतेदेखि सुरु हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजना छनोट प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको उद्घाटन भदौ १७ गते बिहान ११ बजे बेल्झुण्डी रंगशालामा हुने कार्यक्रम तय भएको छ ।


जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोखरेल हमालको अध्यक्षतामा सोमबार बसेको बैठकले जिल्ला बाट प्रतिनिधित्व गर्ने २९ खेलको छनोट तालिका, खेल स्थल र जिम्मेवारी बाड्फाँड गरेको हो ।

भदौ १७ देखि १९ गतेसम्म जिलला छनोट गरि सक्ने निर्णय भएको समितिकी कार्यालय प्रमुख शान्ति सोमैले बताइन ।
जसका लागि अध्यक्ष हमाल संयोजक रहेको २५ सदस्य प्रतियोगिता संचालन मुल समिति गठन गरेको छ । त्यस अन्तरगत चार सदस्य अनुगमन समिति र विभिन्न उपसमिति संयोजकसमेत तोकिएको छ ।


तेक्वान्दो, कराँते, बक्सिङ, टेवलटेनिस,शारिरीक सुगठन खेलको संयोजकमा समितिका कोषाध्यक्ष धुर्व आचार्य, बुद्धिचाल, रग्बी, भलिबल र एथलेटिक्स खेलको संयोजकमा उपाध्यक्ष पाल्पी चौधरी, कबडी, ह्याण्डबल र बास्केटबल संयोजकमा सदस्य सन्तोष लामिछाने, उसु, साइक्लिनिङ, सुटिङ संयोजकमा सुटिङ प्रशिक्षक शान्ति सोमै, भारोत्तोलन र जुडो खेलको संयोजकमा सदस्य सन्तोष वली, फूटबल खेल संयोजकमा सदस्य अनिल रिजाल, फुलकन्ट्याक कराते संयोजक सदस्य नोखी रावत, सफ्ट टेनिस र आइटिएफ तेक्वान्दो संयोजकमा सदस्य रबि श्रेष्ठ लगाएतलाई तोकिएको छ ।

बिभिन्न खेलमा छनोट प्रतियोगिता तुलसीपुर, घोराही, लमही र बेल्झुण्डीमा हुने छ । ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

सोमबारको बैठकमा जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख मित्र गौतम, इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ल, जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राई, क्रिकेटका लुम्बिनी र कर्णाली प्रदेश छनोट समितिका संयोजक कैलाश रोका, जिल्ला टेवल टेनिस संघका अध्यक्ष सीता राम शर्मा, जिल्ला फूटबल संघका अध्यक्ष संजात धिताल, जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी, एथलेटिक्स मुख्य प्रशिक्षक पद्मा चौधरी, जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, जिल्ला क्रिकेट संघका सचिव सन्जु क्षत्री, बास्केटबलका बिपिन केसी, कराँते प्रशिक्षक बलराज नेपाली, जिल्ला सुटिङ संघका अध्यक्ष केशव चौधरी लगाएतकाले आ–आफ्नो धारणा राखेका थिए ।


कार्यक्रमको सहजीकरण तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *