दाङ, भदौ ६ । बाँकेको नेपालगंजबाट साढे १४ सय ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नं. ११ निवासी ४९ बर्षीय कल्लु कबडिया रहेका छन् ।
त्रिभुवन चोक नजिकै लागु औषधको अबैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले आइतबार दिउँसो १२ बजेतिर कबडियालाई पक्राउ गरेको थियो ।
कालो प्लाष्टिकमा पोका बनाइ रहेको समयमा तीन पोका ब्राउन सुगर जस्तो देखिने धुलो तौल गर्दा १४ ग्राम ५०० मिली ग्राम बरामद भएको बाँकेका प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले बताए । कबडियाको साथबाट नेपाली रुपैंया २२ हजार नगद र भारतीय रुपैंया साढे एक हजार बरामद भएको छ ।
पक्राउ परेका ब्यक्ति उपर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय दिनहुँ जसो लागु औषधका कारोबारी र डिलर पक्राउ पर्दै गएका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार