तुलसीपुर, साउन २८ । पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वलीले दाङ निर्वाचन क्षेत्र नं. ३ बाट संघीय सांसद पदका लागि चुनाबमा लड्ने चाहाना ब्यक्त गरेकी छिन ।
पूर्व पत्रकार र चर्चित लोकदोहोरी गायिका समेत रहेकी वलीले मंसिर ४ गते तोकिएको निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट चुनाब लड्न चाहेको कुरा शिर्ष नेतृत्वलाई भेटेुर भनी सकेको बताइन ।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल संग कुरा राखि सकेको र उनीहरुले हेरौंला भन्ने जवाफ दिएको वलीले जानारी दिइन ।
‘मलाई आशा छ मैले टिकट पाउँछु र जित्छु पनि,’ वलीले भनिन् ‘ पार्टीमा सबै भन्दा बलियो उम्मेदवार म नै हुँ भन्ने लाग्छ ।’
प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार