२०८२ असार ७ गते आइतवार

महिला कर्मचारीको मुद्दापछि बालाराम डाँगी पक्राउ


तुलसीपुर, साउन २३ । महिला कर्मचारीको मुद्दा पछि रोल्पाका बालाराम डाँगी दाङको तुलसीपुरमा पक्राउ परेका छन् ।

उनकै कार्यालयमा कार्यरत एक जना युवतिले आँफुमाथि डाँगीले बलात्कार प्रयास गरेको भन्दै लिखित उजुरी दिएपछि ड्राइभिङ सेन्टर संचालक डाँगीलाई सोमबार प्रहरीले तुलसीपुरबाट पक्राउ परेका हुन ।

रोल्पाको त्रिवेणी गाउँपालिका घर घइ भएका ३४ बर्षीय डाँगीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर संचालन गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आइबार राति १२ बजेतिर डाँगीले आफ्नै कार्यालयकी ती युवतिलाई एउटा जरुरी फर्म भर्नुपर्ने भयो भन्दै जसरीपनि आँफुसंगै कार्यालय जान ताकेका गरेका थिए ।

ती महिला कर्मचारीले रातिमा जान नमानेपछि संचालक डाँगीले आफ्नी श्रीमतिपनि कार्यालयमै रहेको विश्वास दिलाएका थिए ।

डिएसपी अर्यालका अनुसार त्यसपछि बल्ल ती युवति एकजना साथी लगेर कार्यालय पुगेकी थिइन ।

साढे १२ बजेतिर कार्यालय पुगेर फर्म भर्ने काम सकेर फर्किने क्रममा डाँगीले आँफुलाई हातपात गर्दै बलात्कारको प्रयास गरेको पीडित युवतिले जाहेरीमा उल्लेख गरेकी छिन ।
‘करिब १ बजेतिर संचालक डाँगीले ती युवतिलाई भ¥याङमा समातेको भन्ने कुरा पीडितको जाहेरीमा छ ,’ डिएसपी अर्यालले भने ‘ संगै गएकी साथी केही अगाडि रहेको समयमा उनी चिच्याउँदै लडेपछि आँफु फर्किएर जाँदा चुराहरु फुटेको देखेको पीडितकी साथीले बताएकी छिन ।’

युवतिले प्रतिकार पछि मात्रै आँफु डाँगीबाट जोगिन सफल भएको कुरा जोहरीमा उल्लेख गरेकी छन ।

डाँगीलाई इप्रकाको हिरासतमा राखेर आवश्यक अनुसन्धान पछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *