२०८१ माघ १३ गते आइतवार

स्कुल स्तरिय हाप्किडो प्रतियोगिता हुने

घोराही, साउन २२ । दाङमा जिल्ला स्कुल स्तरिय हाप्किडो प्रतियोगिता हुने भएको छ । दाङ मार्शल आट्र्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतदेखि १९ गतेसम्म घोराहीमा प्रतियोगिता हुने आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिता संयोजक एवं मार्शल आटर्स हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षता तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

संयोजक बुढा मगरले जिल्लाका ५४ विद्यालयबाट पाँच हजार खेलाडी सहभागी हुने अनुमान गरे ।

दाङ जिल्ला स्कुल स्तरिय हाप्किडो प्रतियोगितामा फाईट तर्फ महिला र पुरुष दुवैमा १२ – १२ वटा तौल समुहमा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा १५देखि २० केजी तौल समुहदेखि सोही अनुपातमा लगातार ६५देखि ७० केजी तौल समुह तथा ७० भन्दामाथि तौल समूहले स्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिष्पर्धा हुने छ ।

कोरियन मार्शल आट्र्सबाट भित्रिएको हाप्किडोमा हाल देशभर ४६ हजार खेलाडी आवद्ध रहेको अनुमान गरिन्छ ।
प्रतियोगितामा करिव १० लाखको खर्च अनुमान गरिएको छ।

विजेतालाई मेडल प्रमाण पत्रसहित वेस्ट प्लेयर महिला, पुरुष, टिम प्रथम, दोश्रो र तेश्रो तथा अनुशासित खेलाडी एवं वेष्ट रेफ्रीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *