२०७९ साउन २७ गते शुक्रवार

ज्ञान ज्योती अन्तर कलेज भलिबलको फाईनलमा

लक्ष्मण बस्नेत,तुलसीपुर,साउन १३ । तुलसीपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता २०७९ को अन्तरगत ज्ञान ज्योती मावी फाईनलमा प्रवेश गरेको छ ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना संचालित प्रतियोगिताको शुक्रबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अरनीको माबी नुवागाउ रोल्पा लाई २५-१८,२५-११ र २९-२७ को सोझो सेटमा पराजित गर्दै ज्ञान ज्योती कलेज तुलसीपुरले फाईनल यात्रा तए गरेको हो ।

यसैबिच प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम र न्यु होराईजन स्कुल बुटवल रुपन्देही भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

यी दुईको खेलबाट बिजेता टिमले शनिवार उपाधिका लागि हुने फाइनल खेलमा ज्ञान ज्योती कलेज तुलसीपुरसंग कडा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.