२०७७ कार्तिक ३ गते सोमवार

सल्यानमा बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

दाङ,फागुन ४ । आफ्नै बुवालाई कुटपिट गरि हत्या गरेको अभियोगमा प्रहरीले सल्यानमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. २ कारागिठी ज्यामिरे निवासी कृष्णबहादुर रानाको छोरा दुर्गाबहादुर रानाको कुटपिट बाट मृत्यु भएको हुँदा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीका अनुसार छोरा दुर्गाबहादुरले बाबु कृष्णबहादुरलाई माघ २८ गते कुटपिट गरेका थिए भने उनको २९ गते विहान ५ बजे मृत्यु भएको थियो ।

प्रहरीका अनुसार बाबु कृष्णबहादुर मदिराले मातेको समयमा छोरा दुर्गाबहादुर बाबुलाई लिन भनि छिमेकीको घरमा गएका थिए । तर बाटोमा आउँदै गर्दा बाबु छोराको बीचमा विवाद भयो । त्यसपछि आवेगमा आएर रातको नौं बजेतिर छोरा दुर्गाबहादुरले बाबु कृष्णबहादरलाई लठ्ठी,हात र खुट्टाले निर्घात कुटेर घाइते बनाएका थिए । रगताम्मे अवस्थामा घर आएका कृष्णबहादुरको अर्कौ दिन विहानै मृत्यु भएपछि प्रहरीले बाबुलाई कुट्ने छोरालाई पक्राउ गरेको डिएसपी शाहीले बताए ।

आफ्नै बुवालाई निर्घात कुटपिट गरि हत्या गरेको अभियोग खेपेका दुर्गाबहादुर राना विरुछ सल्यान जिल्ला अदालते १० दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्न निर्देशन दिएको डिएसपी शाहीले बताए ।

छोरा दुर्गाबहादुरले बुवा कृष्णबहादुरले अत्यधिक मदिरा सेवन गरि आमासंग झगडा गरि छिमेकीको घरमा गएको तथा आफुले संझाई बुझाई ल्याउन खोज्दा नमानेपछि विवाद उत्पनन हुँदा आवेशमा आएर कुटपिट गरेको वयान प्रहरी समक्ष गरेको छ डिएसपी शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *