२०८२ चैत्र १ गते आइतवार

अरनिको माबी रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाइनल प्रबेश

लक्ष्मण बस्नेत, तुलसीुपर, साउन ११ । दाङको तुलसीपुरमा जारी ‘अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता’ २०७९ अन्तरगत अरनिको माबि नुवागाउँ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाइनलमा प्रवेश गरेको छन ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिता अन्तरगत बुधवार भएको प्रिक्वाटर फाइनल खेलमा राप्ती बबई क्याम्पस तुलसीपुरलाई २५–१६,२५–२१ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै अरनिको मावि नुवागाउँ रोल्पाले क्वाटर फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो खेलमा आरती टेक्निकल कलेज सल्यानलाई २५–१५, २५–१५ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमले क्वाटर फाईनल यात्रा सुरक्षित गरेको हो ।

प्रतियोगिता अन्तरगत बिहीवार बिहान क्वाटर फाइनल प्रवेशका लागि हुन खेलमा शिदेश्वरी मावि रुपन्देही र महेन्द्र रत्न मावि पिपलनेटा सल्यानका बीचमा भिडन्त हुने छ ।

त्यस्तै दोस्रो खेल न्यू होराईजन माबि रुपन्देही र गोरखा माबि तुलसीपुर (रातो) बीच खेल हुने आयोजक राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवद्र्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लाबाट २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैंया र दृतिय तथा तृतिय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैंया मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीलाई पुरस्कृत गरिने भएको छ । सर्बौउत्कृष्ट खेलाडीलाई नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *