२०८१ जेष्ठ ४ गते शुक्रवार

तुलसीपुरमा १ लाख पुरस्कार राशीको अन्तर क्याम्पस स्तरिय पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि

दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लाका २० टिमको सहभागिता


तुलसीपुर, साउन ९ ।
तुलसीपुरमा मंगलबारदेखि एक लाख पुरस्कार राशीको अन्तर क्याम्पस स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा तुलसीपुर – ६ बरुवा गाउँस्थित केन्द्रको आफ्नै खेल मैदानमा प्रतियोगिता हुन थालेको हो ।

बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुने प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन् ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास तथा प्रवद्र्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष खत्रीले बताए ।

प्रतियोगिताको उद्घाटन खेल अमर माबी उरहरी तुलसीपुर ११ र अरनीको माबि नुवागाउँ रोल्पाका बीचमा हुने भएको छ ।

पाँच दिनसम्म चल्ने प्रतियोगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष खत्रीले बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैंया, कप , मेडल तथा प्रमाण पत्र प्रदान गरिने भएको छ ।

त्यस्तै उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार १ सय ११ रुपैंया,मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

सर्बौउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रर्पी र प्रमाण पत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने छ ।

राज्यले राष्ट्रिय खेल पबद्र्धनमा जति गर्नुपर्ने हो त्यति नगरी रहेको समयमा क्लबले खर्चको जोहो गरि एक लाख बढी पुरस्कार राशीको प्रतियोगिता आयोना गरेपछि जिल्ला लगाएत आसपासका खेलाडी उत्साहित बनेका छन् ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *