तुलसीपुर ,साउन १ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही गाउँकी १७ बर्षीया निशा चौधरीले लङजम्प र एक सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन ।
तुलसीपुरको अरनिको माविमा कक्षा १२ को परीक्षा दिएर बसेकी चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे संगै उनको चर्चा परिचर्चा चुलिएको छ ।
असार २८ गतेदेखि सुरु भइ ३० गते समापन भएको १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुनियर स्पर्धाका खेलाडी निशाले निशाले सन २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमान भन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड आफ्नो नाममा दर्ता गर्न सफल भएकी हुन ।
त्यही भएर असार ३० गते पछि लङजम्पको नयाँ रेकर्ड निशाको नाममा कायम भएको हो ।
प्हिलो पटक काठमाडौं पुगेकी उनले दशरथ रंगशालामा लङजम्पका साथै दौडमा पनि जुनियरतर्फको नयाँ कीर्तिमान कायम गरेकी छन ।
उनले एक सय मिटर दौड १२ दशमलब ५३ सेकेन्डमा पुरा गरि जुनियर तर्फको नयाँ कीर्तिमान आफ्नो नाममा सार्न सफल भएकी हुन । निशाले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी छिन ।
निशाले उनीसहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा एक सय मिटर रिले दौड ५४ दशमल २० सेकेण्डको टाइमिङमा पुरा गर्दै स्वर्ण पदक प्रदेशलाई दिलाएकी थिइन ।
उनै निशाको सम्मानमा सोमबार बिहान अरनिको माविले तुलसीपुरमा बाजा गाजासहित नगर परिकर्मा गराएर सम्मान गर्न थालेको छ ।
तस्बिर : फरककोण ।