२०८२ बैशाख ३० गते सोमवार

बनहरी महायज्ञमा झन्डै ७० लाख संकलन

दाङ,फागुन ३ । दाङको बनहरीमा लगाइएको महायज्ञ बाट ५६ लाख नगद संकलन भएको छ । त्यसमध्य धान बेच्दा ३ लाख ५४ हजार र चामल बेच्दा थप ४० हजार संकलन भएको महायज्ञ संचालक समितिका महासचिव राजेन्द्र पोखरेलले जानकारी दिए । त्यस्तै महायज्ञमा २ कठ्ठा ९ धुर जग्गा समेत दान भएको हुँदा त्यो समेत जोड्दा ७० लाख बढी संकलन हुने उनले जानकारी दिए ।

खर्च अन्तरग मुख्य कथा बाचकलाई १ लाख ११ हजार १ सय ११ रुपैंयाको टिका र दक्षिणा, उपवाचिकालाई ७५ हजार ५ सय २५ रुपैंयाको टिका र दक्षिणा दिइएको महासचिव पोखरेलले बताए । त्यस्तै टेन्ट र काठमान्डौंवाट ल्याइएको अन्य सामाग्री समेत गरि साढे ६ लाख प्रदान गरिएको उनले बताए । त्यसैगरी क्लस र अन्य सम्मानका सामाग्री खरिद गर्दा ५ लाख ३३ हजार खर्च भएको महासचिव पोखरेलले जानकारी दिए । मिडियामा ४० हजार लगाएतको खर्च गरेर साढे १७ हजार जति खर्च भएको उनले जानकारी दिए । जम्मै खर्च कटाएर नगद मध्य साढे ४२ लाख बचत भएको जानकारी दिइको छ ।

तुलसीपुर उपमहानगपरपालिका ४ बनहरीस्थित थारू गाउँमा महायज्ञ लाग्नुको मुख्य कारण भने एउटा सर्पले गर्दा नै हो । पुसमहिनाको अन्त्यतिर यहाँ एकै ठाउँमा गोमन सर्प स्थानीयका शब्दमा नाग देवता देखिन थालेपछि त्यहा महायज्ञ लगाइएको हो ।

सर्प देखिने स्थानमा कैलाशधाम नागेश्वर मन्दिर निर्माण गर्न भन्दै यसअघि नै ८ लाख ७५ हजारमा १ कठ्ठा जग्गा समेत खरिद भइसकेको छ । सम्वन्धित जग्गा धनिको घरसहित खरिद गर्ने तयारी हुँदा त्यसका लागि झन्डै १० लाख लाग्ने मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले जानकारी दिएका छन् ।

यो बाहेक थप जग्गा खरिद गर्न र त्यहाँ मन्दिर निर्माण गर्न भन्दै माघ २३ गतेदेखि यहाँ महायज्ञ लगाइएको हो । जसको उद्घाटन पूर्व नेकपा एमाले बाट निर्वाचित प्रदेश सांसद अमरबहादुर डाँगीले गरेका थिए भने अन्तिमतिर नेपाली काँग्रेसवाट निर्वाचित प्रदेश सांसद डिल्लीबहादुर चौधरी उक्त महायज्ञमा पुगेर २५ हजार नगद दान गरेका थिए । मन्दिर निर्माण तथा महायज्ञ लगाउन गठिन समितिका सचिव दामोदर न्यौपानेले महायज्ञ लगाउनुको उदेश्य सफल भएको बताए ।

सबैभन्दा धेरै शिक्षकले दान गरे
सर्पदेखिएकै स्थानमा महायज्ञ लगाइए पछि त्यो माहायज्ञमा सबैभन्दा दान गर्ने व्यक्ति भने यसक्षेत्रको सबैभन्दा नाम चलेको विद्यालयका संस्थापक प्रिन्सिपल नै रहेका छन् । ज्ञानज्योति माविका संस्थापक टिकाबहादुर जिसीले २ लाख ११ हजार १ सय ११ रुपैंया दान गरेका छन् । त्यस्तै स्थानीय शदरकुमार देवकोटा र उनकी पत्नि वशन्तीदेवी देवकोटाले १ लाख ७० हजार, प्रशाक देवकोटा र उनका दाजुभाइले मिलेर १ लाख २५ हजार २५ रुपैंया, तुलसीपुर वडा नं. ७ का वडा सदस्य रामबहादुर जिसीले १ लाख २१ हजार १ सय ११, गधाधर पौडेल १ लाख ५ हजार ५ सय दान गरेको महायज्ञ संचालन समितिका सचिव न्यौंपानेले जानकारी दिए ।

जग्गा दाताहरुमा स्थानीय निराजन देवकोटा १० धुर, बशन्ता देवकोटा ११ धुर, उनु शर्मा साढे ८ धुर, सर्पदेखिने स्थानमा फेरुवा चौधरी ३ धुर,नरविर चौधरीले ३ धुर र कमला वलीले २ धुर जग्गा दान दिएको महासचिव पोखरेलले बताए । महायज्ञमा १०० क्विन्टल बढी धान दान भएको छ भने झन्डै २० क्विन्टल जति चामल दान भएको जानकारी दिइएको छ ।

महायज्ञ बाट संकलिन रकमले मन्दिर निर्माणका लागि आवश्यक थप जग्गा खरिद गर्ने सहमति भएको महासचिव अधिकारीले जानकारी दिए । ‘महायज्ञ बाट संकलित रकमले अब हामी नाग देवता देखिने स्थलमा थप ५ कठ्ठादेखि १२÷१५ कठ्ठा सम्म जग्गा खरिदगर्ने तयारीमा छौं,’अधिकारीले भने ‘ हामी नाग प्रकट भएको स्थानमा जिल्लाकै प्रमु्ख धार्मिक स्थलका रुपमा विकास गर्ने योजनामा छौं।’

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *