लक्ष्मण बस्नेत,दाङ,असार २६ । दाङको बलझुण्डीमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ अन्तरगत शनिवार सम्पन्न कराते बिधामा बाँके जिल्ला च्याम्पियन भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा ३ स्वर्ण १ रजत र २ कास्य पदक हात पार्दै बाँके च्याम्पियन भएको हो ।
उसले जिल्ला च्याम्पियनको ट्रफी हात पार्यो । त्यस्तै कपिलवस्तु २ स्वर्ण १ कास्य पदकका साथ द्वितिय हुदा दाङ १ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित तृतिय भयो ।
प्रतियोगिता अबधिभर छात्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए ।
यसैबिच शनिवार नै तुलसिपुरमा सम्पन्न उसु खेलमा बाके च्याम्पियन भएको छ । ४ स्वर्ण,१ रजत पदक जित्दै बाके उसु खेलको च्याम्पियन भएको हो ।
त्यस्तै बर्दिया २ स्वर्ण २ रजत र १ कास्य पदकका साथ द्वितिय हुदा कपिलवस्तु १ स्वर्ण, २ रजत र १ कास्य पदक हात पार्दै तृतीय भयो । छात्रमा बाकेका सुदिप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट खेलाडी घोषित भए ।
यसैबिच प्रतियोगिताको दोस्रो दिन सम्म एथलेटिक्स तर्फ बाके ९ स्वर्ण,३ रजत र २ रजत पदकका शिर्ष स्थानमा रहदा बर्दिया ५ स्वर्ण,५ रजत र ६ कास्य पदक जित्दै दोस्रो र दाङ ३ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ तृतीय स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फ ३ हजार मिटर,हाईजम्प र ४ गुणे ४०० रिले,भलिबल,कबडी,तेक्वान्दो,छात्रर छात्राको फाईनल खेल आईतबार बिहान हुने खेल संयोजक तथा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिश वलिले जानकारी दिनु भएको छ ।
सदस्य वलिका अनुसार प्रतियोगिताको समापन समारोह आईतवार दिउँसो हुनेछ ।