२०८२ माघ २९ गते बिहिवार

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेल नबुझेको राजनीति, खेलाडी जागेर मात्रै के हुन्छ ?

दाङ जिल्लाको केन्द्र विन्दु मानिने वेलझुण्डी रंगशालामा यो प्रतियोगिता भैरहंदा पालिकाका जनप्रतिनिधिहरु भने राष्ट्रपतिको नामसंग जोडिएको प्रदेश प्रतियोगितालाई महत्व नदिएर पालिकाका बजेट सक्ने विभिन्न सम्मान कार्यक्रममा शरिक भएका छन् ।

वेलझुण्डी, असार २४ । वेलझुण्डीमा गत १९ गते वाह्रौ राष्ट्रपति रनिङ शिल्ड विजेताहरुलाइ बधाइ दिन र प्रोत्साहन गर्न दशवटै तहका जनप्रतिनिधिहरु जुटेनन् । एक जना वडाध्यक्ष, एक जना पूर्व राष्ट्रियसभा सदस्य र एक जना जिल्ला समन्वय समितिका उपप्रमुखको मात्रै उपस्थितिमा विजेतालाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गरियो ।

उपस्थितिको हिसावले झिनो उपस्थिति त छदै थियो, त्यसमा पनि मनसुनी बर्षातका कारण प्रमुख अतिथि कोमल वलीले समेत पाराराफिट मुनीको कभर्ड वे मा मन्तव्य दिइन् । भनिन्, – ‘हामीले खेलकुदको महत्वलाई राम्ररी बुझ्न जरुरी छ, यसको महत्व राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा पनि छ ।’ रिमझिम बर्षाका बीच सवै मेडल विजेताले तक्मा कार्यक्रमस्थलमै पाउन सकेनन् । प्रमाणपत्र पाउनेले पनि भिजेका प्रमाणपत्रले चित्त बुझाउनु पर्यो ।

दाङ जिल्लाका दुई उपमहानगरपालिकाका मेयर र उपमेयरलाइ समेत बधाइ तथा पुरस्कार वितरण समारोहमा आमन्त्रण गएनन् । अझ स्पष्ट भनौं उनीहरुले खेलकुद क्षेत्रलाइ महत्व दिएनन् । त्यसैले एक जना खेलाडीले भन्दै थिए, ’खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्नु भनेको छ, तर, डनहरुलाइ चन्दा दिनुजस्तै मान्छन् स्थानिय सरका।’ तुलसीपुरको गोरखा माविले लगातार तीन पटक सम्म राष्ट्रपति कप जितेर शिल्ड कव्जा गर्यो । तर स्थानिय सरकारले आफ्नो पालिकाको विद्यालयले शिल्ड कव्जा गरेकोमा एक शव्द पनि धन्यवादको भाषा वोलेन ।

खेलाडी जति हौसिएपनि स्थानीय सरकारले अपनत्व लिन नसक्दा उनीहरुको हौसलाले सार्थकता पाउन कठिन छ । शुक्रवार प्रदेश स्तरकै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दाङमै सुभारम्भ भयो । तर, यसमा एक जना प्रदेश सरकारका राज्यमन्त्री प्रमुख अतिथि बनेर उद्घाटन गर्नु वाहेक प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको सम्मान गर्न सकेन दाङको स्थानीय सरकारले ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको करिव वोर्डर क्षेत्र वेलझुण्डी रंगशालामा आयोजना भएको प्रदेश स्तरिय खेलकुद प्रतियोगितालाई न घोराहीका जनप्रतिनिधिहरुले मूल्याङकन गर्दै मान्यता दिन सके, नत आयोजना स्थलको स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले नै । न स्थानीय प्रशासन र प्रहरी अधिकारीले । खेलजगतलाई हौसला दिन कार्यक्रमस्थलमा उनीहरु पुगेनन् ।

दाङ जिल्लाको केन्द्र विन्दु मानिने वेलझुण्डी रंगशालामा यो प्रतियोगिता भैरहंदा पालिकाका जनप्रतिनिधिहरु भने राष्ट्रपतिको नामसंग जोडिएको प्रदेश प्रतियोगितालाई महत्व नदिएर पालिकाका बजेट सक्ने विभिन्न सम्मान कार्यक्रममा सरीक भएका छन् । ‘खेल क्षेत्रलाई बुझ्ने सरकार भैदिएको भए, यो मध्य वर्षातको झरीमा वल्ल प्रदेश प्रतियोगिता गर्नुपर्ने थिएन, सामान्यतया खेलकुदको के स्याडुल छ भने स्थानीय तहको खेल फागुनमै सक्ने, बैसाख सम्म प्रदेश प्रतियोगिता र यो समयमा राष्ट्रिय प्रतियोगिता हुनुपर्ने हो’, एक खेल प्रशिक्षकले कार्यालयको हलमा गुणनो गरिरहेका थिए ।

खेलकुद क्षेत्रलाई बुझ्न सक्ने जनप्रतिनिधि नहुदा यो समस्या भएको हो । दाङमा मात्रै नभएर पछिल्लो दुई दशक यता धेरै पालिकामा खेल प्रतिको उत्साह निकै कमजोर बनेको पाइन्छ । एथलेटिक्स, भलिवल, कराँते, तोक्वान्दो, कवडडी तथा उसु गरी जम्मा ६ विधामा राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता हुंदै आएको छ । स्थानीय तहमा प्रशिक्षक नभएका कारण यी सवै खेल सवै जिल्लामा भने अझै पनि हुने अवस्था छैन । दाङको जिल्लास्तरीय राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगितामा उसु खेल समावेश भएको थिएन ।

किनकी, उसु खेलाउनका लागि दाङ जिल्ला खेलकुद विकाश समितिमा प्रशिक्षक नै व्यवस्थापन हुन सकेको छैन । तर अहिले यही वेलझुण्डी रंगशालामा उसु प्रतियोगिता समेत सम्पन्न हुंदै छ । अन्य जिल्लामा उसु खेल भइहरेको छ । त्यसैले उनीहरुको गेम हुने छ । उसुमा दाङ जिरो । दुई बर्ष अघि राष्ट्रय खेलकुद प्रतियोगिता पनि यही ंगशालामा भएको थियो । अहिले प्रदेशस्तरीय प्रतियोगिता पनि यहिं हुंदा जिल्ला अहिले खेल पर्यटन जस्तै छ ।

जुन होटलमा पुग्योकी एक न एक जना खेलाडी कै बसाइ छ । आयोजक संस्था प्रदेश खेलकुद परिषदका अनुसार खेलाडी र अफिशियलहरु गरी कम्तिमा एक हजार तीन सय जना करिव एक साता दाङमा बस्ने छन् । यद्धपी खेलकुद प्रतियोगिता भने तीन दिन मात्रै हुने आयोजकले जनाएको छ । यो प्रतियोगिताले दाङ जिल्लाका होटलहरु भरि भराउ छन् । वेलझुण्डी क्षेत्रमा होटल र खाजाघर नभएपनि चना चट्पटे र चाउचाउ विस्कुटको व्यापार भने बढेको छ । रंगशालाभित्रै अस्थायी रुपमा यस्ता व्यवसाय सन्चालन भएका छन् ।

यसलाइ पनि एउटा समृद्धिको आधार मान्न सकिने तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष टेकराम खड्काले बताए । आफुहरुले खेलाडीलाई अन्य नागरिक भन्दा सहुलियत दिएर कोठा व्यवस्थापन गरेको पनि उनले बताए । वेलझुण्डी रंगशाला आसपास अहिले ठूला बसदेखि साना साधनको पार्किङले भरिभराउ छ । स्थानीयको व्यापार व्यवसायमा पनि केही दिन सुधार आएको छ ।

खेल क्षेत्रमा पुर्नंजागरण आवस्यक ः राज्यमन्त्री अर्जुन श्रेष्ठ

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रवार वेलझुण्डी रंगशालामा उद्घाटन भयो । लुम्विनी प्रदेशका राज्यमन्त्री अर्जुन श्रेष्ठले सो प्रतियोगिताको उद्घाटन गरे । बर्षातको झरीका बीच उद्घाटन समारोहमा प्रमुख अतिथि श्रेष्ठले चाहेजति बोल्न त पाएनन, किनकी सक्रिय मनसुनका कारण सहभागी भागादौड सुरु भइसकेको थियो ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले दाङ जिल्ला भौगोलिक हिसावले खेलकुद प्रतियोगिताका लागि अत्यन्तै उपयुक्त जिल्ला भएपनि खेलाडीलाई अवसर प्राप्त हुन नसकेको बताए । प्रदेश सरकार अव थप क्रियाशिल भएर खेल क्षेत्रमा पुर्नंजागरण ल्याउने उनले आश्वासन बाँडे ।

सुस्ताएको खेल क्षेत्रलाई पुर्र्नंजागरणमा ल्याउन खेलाडीको बृत्ति विकास लगायतका कार्यक्रम ल्याउन आवस्यक रहेको पनि उनले बताए । खेल मानव स्वास्थ्यसंग जोडिएको विषय मात्रै नभएर मुलुकलाइ अन्तराष्ट्रिय स्तर सम्म स्थापित गर्ने माध्यम भएको उनले बताए ।

दाङ जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष राजकुमार हमालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद विकाश समितिका कोषाध्यक्ष कोषिश खड्काले शुभकामना मन्तव्य गरेका थिए । कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

तस्विर ः लक्ष्मण बस्नेत ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *