जुम्ला,असार २३ । जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ ।
हिजो चट्याङ लागेर जुम्लाको तिला गाउँपालिका–९ का १८ वर्षका प्रेम बुढाको ज्यान गएको हो ।
पानी परेका बेला ओत लाग्न रुखमुनि बसेका उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।
उनले घटनास्थल तिला गाउँपालिकाको रारालिहीबाट टाढा रहेको र टेलिफोन नलागेका कारण घटनाबारे थप जानकारी आउन बाँकी रहेको बताए ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार