२०८१ माघ २६ गते शनिवार

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

फाल्गुन २। सरकारले प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट हुने गरी अधिकार प्रत्यायोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अब प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको हो । समयमा नै स्मार्ट लाइसेन्स नपाइएको गुनासो बढेपछि उक्त अधिकार प्रत्यायोजन गरिएको हो ।

यस्तै विभागबाट मात्र लाइसेन्स छापिँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउन महिनौँ कुर्नुपर्ने भएपछि प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गर्न लागेको बताइएको छ ।

विभागले देशभरका स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएकोमा अब प्रदेश अन्तर्गत रहने यातायात कार्यालयबाट नै त्यसको प्रिन्ट हुने तयारी अगाडि बढाइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले सातवटै प्रदेशबाट प्रिन्ट हुने तयारी भइरहेको स्वीकार्दै भन्नुभयो , ‘विभागले अहिले प्रिन्ट गरिरहेको छ, तर अब विभागमा रहेको कार्ड मात्र प्रिन्ट हुन्छ किनकि विभागको काम त्यो भन्दा पनि नीति निर्माण गर्ने र मापदण्ड बनाउने हो ।’

अझै करिब तीन लाख भन्दा बढी लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । विभागले मात्र प्रिन्ट गर्न समय लागेको भन्दै सरकारले नीजि क्षेत्रलाई जिम्मा दिए पनि सम्झौता अनुसारको लाइसेन्स प्रिन्ट भएको छैन । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *