२०८१ कार्तिक १८ गते आइतवार

दूग्ध उत्पादन किसानलाई अनुदानमा आधारित ४ लाख बढी रकम बाँडियो


तुलसीपुर, असार १९ । तुलसीपुरको एक डेरी उद्योगले कृषकलाई अनुदान बाफतको रकम वितरण गरेको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको डेरी उद्योगले त्यहाँ दूध बिक्रि गर्ने ३६ जना कृषकलाई ४ लाख बढी अनुदानको रकम बितरण गरेको हो ।

उक्त डेरीमा दूध बेच्ने कृषकलाई प्रति लिटर २ रुपैंयाका दरले अनुदान बाफतको रकम बितरण गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारको उत्पादन योगदानमा आधारित कृषक सहयोग कार्यक्रम अन्तर्गत उक्त डेरी उद्योगमा दूध बिक्रि गर्ने किसानलाई ४ लाख ३६ हजार ४ सय ९१ रुपैंया बितरण गरिएको हो ।

किसानलाई २ लाख १८ हजार २ सय ४५ लिटर बराबर दूधको अनुदान रकम वितरण गरिएको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदामा भट्टको आतिथ्यतामा रकम बितरण गरिएको हो ।

कार्यक्रममा केन्द्रका प्रमुख भट्टले किसानले पाउनुपर्ने राहत तथा अनुदानमा संस्थाले राम्रो पहल गरेको भन्दै प्रसंसा गरे ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले दूधको शुद्धता गोठदेखि ओठसम्म हुनुपर्ने बताए । त्यस्तै संस्थाका सल्लाहकार भरत भण्डारीले सरकारले बास्तबिक किसानलाई अनुदान दिन सहकारी संस्थामार्फत जानुपर्ने धारणा राखे ।

कार्यक्रममा दूध विक्रेता किसान डिल्ली वली, देविराम भण्डारी, मुक्तबहादुर डिसी, दाङ जिल्ला दूग्ध उत्पादक कृषक संघका अध्यक्ष शसिराम बुढाथोकी लगाएतकाले अनुदान दिएकोमा खुशि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *