२०८२ चैत्र २ गते सोमवार

दाङको लामटियामा जिल्ला स्तरिय कराँते प्रतियोगिता हुने


लक्ष्मण बस्नेत, तुलसीपुर, असार १८ । दाङ देउखुरीको लालमटियामा जिल्ला स्तरिय खुल्ला कराँते प्रतियोगिता २०७९ हुने भएको छ ।

नेपाल सितोरियो कराँते देउखुरी डोजोको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता २१ गतेदेखि सुरु भइ दुई दिनसम्म चल्ने छ ।

प्रतियोगिता अन्तरगत फाइट पुरुष तर्फ ३०, ३५,४०, ४५, ५०, ५५ र ६० केजी तौल समुह र महिला तर्फ ३०, ३५,४०,४५,५० र ५५ केजी तौल समुहका बीचमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै महिला पुरुष एकल कातापनि हुने आयोजक डोजोका प्रशिक्षक यामबहादुर वाग्लेले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाका दश पालिका भित्र स्थापित डोजोका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने डोजोलाई पुरस्कार स्वरुप शिल्ड प्रदाना गरिने छ ।

त्यस्तै ब्यक्तिगत कुमुते र कातामा उत्कृष्ट हुने खेलाडीलाई ट्रफी तथा प्रथम, द्वितिय र तृतीय स्थानका खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *