२०८२ माघ २९ गते बिहिवार

लुम्बिनी प्रदेश स्तरिय रास्ट्रपति रनिङ शिल्ड तयारी सम्बन्धी छलफल


लक्ष्मण बस्नेत, दाङ,असार १७ । लुम्बिनी प्रदेश स्तरिय रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ तयारी सम्बन्धी छलफल कार्यक्रम बिहिबार तुलसीपुरमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराईको अध्यक्षतामा भएको छलफल कार्यक्रममा यहि असार २४ देखि २६ गते सम्म दाङको बेल्झुन्डिमा संचालन हुने प्रतियोगिताका अति महत्त्वपूर्ण पक्ष सुरक्षा,यातायात, आवास, भोजन,स्वास्थ्य लगाएत लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सम्बन्धित सरोकारवाला निकाय संग छलफल भएको दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिए ।

कार्यक्रममा दाङ तुलसीपुरस्थित बेल्झुण्डिमा प्रदेश स्तरको प्रतियोगिता हुनु समग्र जिल्लाको सान र गौरवको विषय भएकाले यसलाई कसरी भब्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन सकिन्छ भन्नेमा आफू गम्भिरतापुर्वक लाग्ने सम्बन्धित सबैले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका उपेयर स्यानी चौधरी,बिशिस्ट अतिथी द्वय लुम्बिनी प्रदेश प्रहरी प्रमुख नल प्रसाद उपाध्याय, जिल्ला समन्वय समिति दाङका सदस्य सरस्वती नेपाली,लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल,तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, त्रीशिदेश्वरी यातायात राप्ती प्रालिका मदन वलि,तुलसीपुर होटल ब्यबसायी संघका सहसचिव दिल बहादुर भण्डारि लगाएतले आ-आफ्नो सुझाव सहितको धारणा राखेका थिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिष वलिको स्वागत रहेको कार्यक्रमको संचालन मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका लेखा अधिकृत मीन बहादुर जिसिले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *