तुलसीपुर, २९ माघ । दाङमा एक विद्यार्थी माथि खुकुरी प्रहार भएको छ । दाङको तुलसीपुरमा रहेको लिटिल हेभन माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दिनेश ओलीलाई विद्यालय समय सकेर बाहिर निस्कदै गर्दा विद्यालयको गेट नजिकै अपरिचित ब्यक्तिको समूहले उनीमाथि खुकुरी प्रहार गरेको लिटिल हेभन विद्यालयका शिक्षक यमकान्त खरेलले जानकारी दिए ।
खुकुरी प्रहारबाट घाइते भएका दिनेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्नेमध्येबाट एकजनालाई पक्राउ गरेको प्रहरी जनाएको छ । पछिल्लो समय दाङमा अपराधिक घटनाहरु बढिरहेका छन् । सोमबार मात्रै पनि एक बालिकाको अपहरण भएको थियो ।
प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार
छि ः सुरक्षा सरकारको