२०८२ जेष्ठ ४ गते शुक्रवार

विद्यार्थीले बनाए स्पेशल च्यवनप्राश

यमकला भुसाल,
तुलसीपुर,माघ २९ । दाङको विजौरीमा रहेको जनता विद्यापीठका उत्तरमाध्याममा दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले स्पेशल च्यवनप्राश डेढ महिनाको अवधीमा तयार पारेका छन् । दाङको विजौरीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी उक्त स्पेशल च्यवनप्राश सार्वजनिक गरीएको हो ।

क्याम्पसका प्रार्चाय माधव अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले यो दाङको गौरवको विषय भएकाले अब यस प्रकारका च्यवनप्राशलाई टेष्ट गरी उत्पादनमा जोड्न आग्रह गरेका थिए । उनीहरुले शिक्षा ग्रहण मात्र होइन, उक्त शिक्षाबाट पनि वस्तु उत्पादनमा लागि पर्ने र यसलाई बजारीकरण गर्न सकिए मात्रै यो आर्युवेद शिक्षाको महत्व बढ्ने बताएका थिए ।

५४ प्रकारका जडिबुटीबाट तयार गरीएकाृे च्यवनप्राशमा चाँदीवर्क र मकरध्वज लगायतका रसायनहरुको पनि मिश्रण गरिएको बताइएको छ । अधिकांस जडिबुटी भारतबाट ल्याउन परेकाले पनि यहाँको मुल्यमा केही कम पर्न गएको विद्यार्थीहरुको भनाई रहेको छ । १२० किलो उत्पादन गरिएको उक्त स्पेशल च्यवनप्राशमा प्राध्यापक डा. सुनिल कुमारको अथाह प्रयास र विद्यार्थीहरुको लगनशिलले ९० हजार लागतमा बनेको विद्यार्थीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै केन्द्रिय आर्युवेदका प्राध्यापक विशेषज्ञ डा. सुनिल कुमारले वर्तमान समयमा च्यवनप्राशलाई औषधी तथा खाद्यान्न दुबैको रुपमा प्रयोग गर्न सकिने बताए । कतिपयले चिसोबाट बच्न, कसैले तौल बढाउन, छाला चाउरी पर्न नदिने हेतुले प्रयोग गर्ने गरेको बताए । उनले भने, सबै भन्दा धेरै अंश अमलाको हुन्छ । अमला फलहरुको राजा हो भने पृथ्वीमा भएका भिटामिन सी का प्राकृतिक स्रोत मध्ये सबै भन्दा धेरै अंश हुने अमला हो । उनले ४ वटा सुन्तलाबाट प्राप्त हुने भिटामीन एक वटा अमलाबाट प्राप्त गर्न सकिने समेत बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अथिती घनश्याम पाण्डेले अब यस क्षेत्रमा आर्यूवेदको संम्भावना रहेकाले यहाँका जडिबुटी टनका टन छिमेकी मुलुकहरुमा गैरहेको भन्दै यसलाई रोक्न यही उत्पादनमा आफु लागि पर्ने बताए । हामी टनका टन यहाँका जडिबुटी बाहिर पु¥याउछौ अनि मंहगोमा हामी त्यही औषधी किनेर खान बाध्य छौ अब यसलाई रोक्नु पर्छ उनले भने, अब ज्ञानलाई बस्तु उत्पादनमा प्रयोग गरी रोजगारमा लैजान पर्छ अनि मात्रै समृद्धि बन्छ, आत्मनिभर बन्छ ।

यसैगरी कार्यक्रममा बोल्दै प्राध्यापक डा.डिन संजय बस्नेटले अब यस क्षेत्रलाई आर्युवेदको हव बनाउन सकिने प्रचुंर सम्भावना रहेको भन्दै यसका लागि सम्बन्धित निकायले पहल कदमी थाल्न आग्रह गरे । सो अवसरमा विद्यार्थी दिपा रावत, दिनेश प्रसाद आर्चाय लगायतकाले बोलेका थिए । आर्युवेद विभागका कार्यक्रम संयोजक डा. मनोज अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जनता विद्यापीठका सहायक प्रसाशक विरेन्द्र चन्दले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *