२०८१ बैशाख ८ गते शनिवार

कपुरकोट गाउँपालिका अध्यक्ष सेनलाई सम्मान

सल्यान, २८ माघ ।
गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशन बाट अध्यक्षमा चयन भएका कपुरकोट गाउँपालिका सल्यानका प्रमुख भिमबहादुर सेनलाई सम्मान गरिएको छ । कपुरकोट गाउँकार्यपालिकाको सोमबारको बैठकले अध्यक्ष सेनलाई सम्मान गरेको हो ।

७९ स्थानीय तहमध्ये ५४ वटा गाउँपालिका प्रतिनिधीहरु सहित सुर्खेतको वीरेन्द्रनगरमा आइतबार सम्पन्न भएको अधिवेशनले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन थियो ।

उक्त कमिटीको उपाध्यक्षमा जंगबहादुर शाही (दैलैख), सचिव खड्गराज सेजुवाल (कालीकोट), कोषाध्यक्ष महेन्द्रबहादुर शाह (जाजरकोट) र सहसचिवमा शिवा आर्चाय (जाजरकोट) रहेका छन् । त्यस्तै सदस्यमा निर्मला राना, निर्मला विष्ट, धिरबहादुर विष्ट, जयानन्द रावल, सविता कुमारी रोकाया, हिमाली रोकाया, बली रावत र सीता ज्ञवाली रहेका छन् ।यसैविच कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन मंगलबार हुने भएको छ ।

प्रकाशित मिति : २०७५ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *