दाङ,माघ २८ । एकजना बालिका अपहरण गरेको अभियोगमा प्रहरीले सोमवार एकजना युवालाई घोराहीबाट पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ९ ढिकपुर निवासी २८ बर्षीया प्रयास चौधरी ३ बर्षीया बालिका अपहरण गरेको अभियोगमा प्रकाउ परेका छन् ।
दाङ जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी रामप्रशाद घर्तीका अनुसार चौधरीले सोमवार दिउँसो २ बजेको समयमा कालिकोट जिल्लाको साविक राँचुली गाविस वडा नं. ४ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ कपाँसी बगियामा डेरा गरि बस्दै आएकी २२ बर्षीया अस्मिता शाहीको ३ बर्षीया छोरी अपहरण गरेको भएपनि बालिकालाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको जानकारी दिए ।
जिल्लास्थित सम्पूर्ण नाकाहरु ब्लक गरि खोजतला गर्दा घोराही १५ रतनपुर चोकवाट बालिकालाई चौधरी बाट सकुशल उद्धार गर्न प्रहरी सफल भएको जानकारी दिइएको छ । पक्राउ परेका चौधरी विरुद्ध अपहरण तथा शरिर बन्धक सम्वन्धी मुद्दा दर्ता गरि आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । चौधरीले बालिकालाई किन अपहरण गर्न खोजेको थिए त्यसवारेमा भने प्रहरीले जारी गरेको बक्तव्यमा कुनै कुरा खुलाइएको छैन ।