२०८१ माघ ३० गते बुधवार

रोड ईञ्जिनियरीङको समस्याले राम्री दुर्घटना– डिआईजी अधिकारी

५ नं. प्रदेशका प्रहरी प्रमुख एवं डिआईजी पिताम्वर अधिकारी । तस्बिर : राजेश खत्री

दाङ,माघ २८ । ५ नं. प्रदेशका प्रहरी प्रमुख एवं डिआईजी पिताम्वर अधिकारीले राम्री दुर्घटनाको प्रमुख कारण रोड ईञ्जिनियरीङमा भएको त्रुटीलाई औंल्याएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री दुर्घटनामा गत पुस ६ गते भएको दुर्घटनामा शिक्षक, विद्यार्थी र चालक तथा सहचालक गरि २३ जनाको मृत्यु भएको थियो । दुर्घटना लगतै प्रहरीले एउटा अनुसन्धान टोली गठन गरेको थियो ।

दुर्घटना भएको ५० औं दिन भन्दा बढी समय वितिसक्दा पनि प्रहरीले औपचारिक रुपमा त्यो प्रतिवदेन भने सार्वजनिक गरेको छैन । तर, सोमवार फरककोण संगको संवादमा ५ नं. प्रदेशका प्रहरी प्रमुख एवं डिआईजी अधिकारीले राम्री दुर्घटनाको कारण रोड ईञ्जिनियरीङ, चालकको लापरवाही र गाडी भित्रको होहल्लालाई प्रमुख कारणको रुपमा अथ्याएका छन् ।

भिडियोमा हेर्नुहोस

प्रकाशित मिति : २०७५ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *