२०८३ बैशाख १३ गते आइतवार

अरनीको मैदानको सरसफाई

शरद रेग्मी, तुलसीपुर, असार ८ । दाङ तुलसीपुर बजारको केन्द्र भागमा पर्ने अरनीको मैदानको सरसफाई गरिएको छ ।

बुधवार बिहान लुम्बिनी प्रदेश तेक्वान्दो संघले बिश्व ओलम्पिक डे को अबसरमा अरनीको मैदानको सरसफाई गरेको हो ।

दिनहु सर्वसाधारणदेखि बिभिन्न खेल खेल्ने खेलाडीले ब्यायाम गर्ने बजारको बीचमा पर्ने मैदानको सरसफाई गरिएको हो ।

तेक्वान्दो खेल्ने खेलाडी, प्रशिक्षक , ब्यबसायी र तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीले मिलेर सरसफाई गरेका हुन ।

त्यसपूर्व तुलसीपुर बजारमा प्रभातफेरि पनि गरिएको थियो ।

यसैबीच तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालले कुनै पनि खेलले राष्ट्र पहिचान बिश्वभर चिनाउन भूमिका खेल्ने हुँदा खेल क्षेत्रमा राज्यले थप लगानी गर्न जरुरी रहेको जोड दिए ।

लगानी बिना खेल क्षेत्रको विकास संभव नरहेको भन्दै पछिल्लो समय स्थानीय स्तरमा आयोजना हुने खेलकुद गतिबिधिले स्थानीय स्तरमा नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।

राष्ट्रलाई चिनाउने, विश्वमा भाइचारा स्थापित गर्ने अनि कुनैपनि राष्ट्रको खेल पर्यटनमा सघाउने खेलकुदमा राज्यको लागनी निकै निराशाजनक छ,’ अध्यक्ष रिजालले भने ‘ खेल क्षेत्रमा राम्रो गरिरहेका बाह्य मुलुक जस्तै अब नेपालले पनि खेलाडी र खेलमा थप लगानी गर्न आवश्यक छ ।’

जबसम्म राज्यले खेलमा प्रबिधि भित्र्याउन र लागनी बढाउन तयार हुँदैन तबसम्म खेल क्षेत्रमा राज्यले अपेक्षित सफलता पाउन नसक्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *