२०८३ असार २८ गते आइतवार

दाङमा असार १७ देखि राष्ट्रपति कप रनिङ शिल्ड हुने

दाङ, असार ७ । वाह्रौ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आउदो असार १७ गतेदेखि १९ गते सम्म आयोजना हुने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बसेको राष्ट्रपति कप रनिङ शिल्ड तयारी समितिको बैठकले सो मितिमा प्रतियोगिता वेलझुण्डि स्थीत रंगशालामा आयोजना गर्ने निर्णय गरेको हो ।

तयारी समितिका सदस्य सचिव पदमा चौधरीका अनुसार प्रतियोगितामा विभिन्न विधाका ६ वटा खेल समावेश हुने छन् । भलिवल, एथ्लेटिक्स, कराते, कवडि, तोक्वान्दो र उसु गरी ६ विधाका खेल राष्ट्रपति कम प्रतियोगितामा समावेश हुने भएपनि दाङमा भने स्थान अभावका कारण उसु भने हुने छैन ।

प्रतियोगितामा स्थानिय तहबाट छनौट भएका खेलाडीहरुले भाग लिन पाउने छन् । स्थानिय तहमा यो प्रतियोगिताकालागी खेलाडी छनौट गर्ने काम सम्पन्न भैसकेको छ । निजि तथा सामुदायिक विद्यालयका विद्यार्थिहरु यो प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

मंगलवार जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, सामाजिक विकाश डिभिजन कार्यालय तुलसीपुरका प्रमुख वेगम केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, शशस्त्र प्रहरी घोराहीका प्रमुख डिएसपी हेमराज न्यौपाने, खेल क्षेत्रका अगुवा केदारराज श्रेष्ठ, खेलकुद विकाश समितिका पुर्व कार्यालय प्रमुख सुमन कुमार घले, खेलकुद प्रशिक्षकहरु भिम विश्वकर्मा, राकेश परीयार, विरुभाइ बज्राचार्य, वलराज नेपाली, शिव विक, लगायतको सहभागिता रहेको थियो ।

सो प्रतियोगिताकालागी संघिय सरकारले सामाजिक विकाश डिभिजन कार्यालय मार्फत साढे ३ लाख रुपैया विनियोजन गरिएको जनाएको छ । यद्धपि प्रतियोगिताकालागी कम्तिमा ७ लाख रुपैया आवस्यक पर्ने प्रतियोगिता तयारी समितिले जनाएको छ ।

बैठकमा थप सहयोगकालागी जिल्लाका पालिकाहरु तथा अन्य औद्योगिक प्रतिष्ठानहरुलाइ आग्रह गरीने पनि छलफल भएको थियो । हरेक बर्ष आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कोरोना भाइरसको संक्रमणका कारण विगत दुइ बर्ष आयोजना हुन सकेको थिएन ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *