२०८१ कार्तिक १८ गते आइतवार

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, पेट्रोलको मूल्य करिब २०० पुग्यो


काठमाडौं,असार ६ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा उच्च मूल्यवृद्धि गरेको छ ।

पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाइएको छ ।

आयल निगम सञ्चालक समितिको आइतबार बसेको बैठकको मूल्यअनुसार अब पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ ।

यस्तै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य बढाएको छ ।

नयाँ मूल्य १९२ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा पनि मूल्य बढाइएको छ ।

निगमले बढेको मूल्यअनुसार पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा र डिजेलमा १३ रुपैयाँ ९५ पैसा घाटा भएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *