२०८२ चैत्र १ गते आइतवार

नेपाल – अमेरिका संग ३९ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय सिरिज


दाङ, असार २ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

बिहीबार बिहान टेक्ससस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलब ४ ओभरमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सफल भएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै सोमपाल कामीले ४७ रन र देव खनालले ३४ रन बनाएका थिए ।

आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भएका हुन ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४, करण केसीले १ र कप्तान सन्दीप लामिछाने शून्य रनमा आउट भए ।

छैठौं विकेटका लागि आरिफ र सोमपालले १ सय ६ रनको कीर्तिमानी साझेदारी गर्दै खेलमा पूनरागमन गराएका थिए । तर अन्तिम ७ रन जोड्दा पाँच विकेट गुमाएपछि नेपाल पराजित हुन पुगेको हो।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले समान ३ ÷ ३ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ५४ रनको योगदान दिए ।

आरोन जोन्सले ४३ रन जोडे, सैटिजा मुक्कामल्लले ३६ रन बनाए । निसर्ग पटेल १८ रन अविजित रहँदा क्यामरून स्टेभेनसन १६ रनमा अविजित रहेका थिए ।

नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ ÷ १ विकेट लिएका थिए ।
सिरिज अन्तर्गत नै यस अघि नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।

यो नतिजासँगै अमेरिका २४ खेलबाट २३ अंक जोड्दै चौथो स्थानमा कायमै छ। पराजित नेपाल १६ खेलबाट १५ अंक जोड्दै पाँचौ स्थानमा छ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *