२०८१ बैशाख ७ गते शुक्रवार

प्लाष्टिक व्यवसायी उपसमितिको प्रथम साधारणसभा


घोराही, २६ माघ ।
प्लाष्टिक व्यवसायी उपसमिति घोराहीको प्रथम साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमम समितिका अध्यक्ष ओमप्रकाश पोख्रेलको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले राज्यले विभिन्न नाममा व्यवसायीहरुको ढाड सेक्ने काम गरी रहेको बताए । यसप्रकारको कार्य बन्द हुनुपर्ने बताए ।

व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण निर्माण गर्ने वातावरण निर्माण गर्ने तर्फ राज्य लाग्नुपर्ने उनको भनाइ रहेको थियो । व्यवसायीहरु आफ्नो हक अधिकारको लागि ऐक्यवद्ध भएर अगाडि बढ्नु पर्ने उनको भनाइ रहेको छ । व्यवसाय विना दर्ता सञ्चालन गर्ने नहुने बताए ।

ज्यको नीति अनुसार दर्ता गरेर मात्र व्यवसाय अगाडि बढाउनु पर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा हाडवेयर व्यवसायी समितिका सचिव नारायण पुरी, व्युटिसियन उपसमितिका अध्यक्ष बविता खनाल, समितिका सचिव दोर्ण घिमिरेलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण खेमराज भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *