२०८१ मङ्सिर २७ गते बिहिवार

काठमाडौंमा ३५ लाख ठगी गरेको अभियोगमा दाङका नेपाली पक्राउ

दाङ, जेठ २८ । काठमाडौंमा एक ब्यापारीलाई ३५ लाख ठगी गरेको अभियोगमा दाङका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहागनरपालिका वडा नं.१० का २५ बर्षीय सुदन नेपाली रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ललेले जानकारी दिए ।

नेपालीसहितको युवाहरुको एक समुहले केही दिन पहिले काठमाडौंको लैनचौरका एक ब्यापारीलाई एक किलो सुन उपलब्ध गराउने प्रलोभनमा पारी ३५ हजार रकम लिएर फरार भएका थिए ।

झन्डै ८० लाख मूल्य बराबरको सुन ३५ लाखमा पाउने लालचले पुगेका ती ब्यापारीबाट नेपालीसहितको युवाहरुको टोलीले ३५ लाख बुझेपछि सुन भने उपलब्ध गराएका थिएनन् ।


त्यो अभियोग पछि लुकिछिपी बस्दै आएका नेपाली काठमाडौंबाट दाङस्थित घर तर्फ आउँदै गरेको गोप्य सूचनाका आधारमा शुक्रबार प्रहरीले दाङको भालुवाङबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका नेपालीमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *