लक्ष्मण बस्नेत,दाङ,जेठ २७ । जिल्ला स्तरिय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स आज शुक्रवार देखि दाङको तुलसीपुरमा सुरु भएको छ।
दाङ जिल्ला कराते संघको आयोजनामा संचालित रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै मेयर खड्काले सिङ्गो खेलकुद क्षेत्र मानव जिवनको मुख्य मेरुदण्ड भएको बताए ।
स्वस्थ,अनुशासित र समाजका लागि नैतिक जिम्मेवार नागरिक तयार गर्ने थलो खेलकुद नै हो, यसले रास्ट्रकै सान र गौरव लाई सदैव उच्च राख्छ यसर्थ यो मानव जिवनको मुख्य मेरुदण्ड हो उनले भने । उनले सबैसंग सहकार्य गरेर खेलकुदको बिकास र बिस्तार गर्नमा आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
कार्यक्रम दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका मेयर टीका राम खड्काको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य टेकबहादुर बिक र नेपाल सितोरियो कराते संघका केन्द्रिय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठको बिशिस्ट आतिथ्यमा भएको थियो ।
रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको मुख्य प्रशिक्षकमा नेपाल सितोरियो कराते संघका केन्द्रिय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठ, नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली लगाएत रहेका छन ।
तीन दिनसम्म संचालन हुने कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका ६० बढी सिनियर खेलाडिहरुको सहभागिता रहेको छ ।
संघका सचिब मोहलाल थापाको स्वागत रहेको कार्यक्रममा मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठले कार्यक्रमको औचित्य र महत्त्व माथी प्रकाश पारेका थिए । उक्त कार्यक्रमको सहजीकरण दाङ जिल्ला कराते संघका पुर्व सचिव तथा खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
