विजौरी,२७ जेठ । विजौरी उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख र आफ्नो कार्यक्षेत्रमा रहेका वडाध्यक्षहरुलाइ सम्मान एवं बधाइ दिएको छ ।
बधाइ एवं सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले यो बर्ष विकाश निर्माणमा खासै तरक्कि गर्न नसकिने बताएका छन् ।
‘हामीले यो बर्ष राजश्व करीव ३५ करोड उठाउन सक्ने अनुमान छ, ३० करोड त तिर्नै छ, बांकि ५ करोडले के गर्न सकिएला’, बधाइ तथा सम्मान कार्यक्रममा खड्काले भने, यो आर्थिक बर्ष विकाश निर्माणको भन्दा निति निर्माणको बर्ष हुने छ ।
चालु आर्थिक बर्षमा बजेट प्रषेपण यथार्थ धरातल भन्दा बाहिर गएर गरिएका कारण तुलसीपुर उपमहानगरपालिका दायित्वले चुर्लुम्म डुवेको छ । दुइ महिना अघिको तथ्यांकमा उपमहानगरपालिकाले निर्माण व्यवसायी एवं उपभोक्ताहरुलाइ काम सम्पन्न गरीसकेको करीव ६० करोड रुपैया जती भुक्तानी दिन बांकि रहेको बताइएको छ ।
कार्यक्रममा मेयर खड्काले व्यवसायीहरुलाइ लगाइदै आएको करमा उपमहानगरपालिकाले केहि संसोधन सहित पुर्नविचार गर्ने समेत संकेत गरे । ‘हामीले करको दर बढाउने छैनौं, दायरा फराकिलो बनाउन हाम्रो प्रार्थमिक पहल हुने छ’मेयर खड्काले भने ।
आफुले आगामि बर्षकालागी बजेट प्रक्षेपण गर्दा राजश्व परामर्श समितिको आधिकारीक तथ्यांकलाइ मनन् गर्ने र त्यसमा व्यवसायीहरुलाइ पनि आफुले समितिमा आमन्त्रीत सदस्यमा राखेको अभिव्यक्ति दिए ।
त्यसैगरी विजौरी क्षेत्रको समृद्धिकालागी रोल्पा दहवन—विजौरी—जलकुण्डि सडकको सुत्रधारनै आफु भएकाले विशेष प्रार्थमिकतामा राख्ने पनि बताए । आफै राष्ट्रिय योजना आयोगसम्म पुगेर यो सडकलाइ तीन जिल्ला जोड्ने रणनितिक सडकका रुपमा राखेर क्रमांगत योजनामा राख्न सफल भएको समेत उनले बताएका छन् ।
विजौरी उद्योग वाणिज्यसंघको सभाहल सहितको भवन निर्माणमा आफु लगायत यस क्षेत्रका ४ वटै वडा लागी पर्ने भएकाले त्यसमा ढुक्क हुन पनि व्यवसायीहरुलाइ आग्रह गरेका थिए ।
स्वागत सम्मान तथा बधाइ कार्यक्रममा विशिष्ठ अतिथि स्यानी चौधरीले आफ्नो प्रार्थमिकता शिक्षा र स्वास्थ्य रहेको भन्दै सामुदायिक विद्यालयहरुमा प्रयाप्त भौतिक पुर्वाधार हुदा पनि शैक्षिक गुणस्तर उस्कन नसकेकाले यसमा शिक्षकहरुले विशेष जागर गर्ने वातावरण बनाउन आफु लागेको बताइन् ।
त्यसैगरी स्वास्थ्य क्षेत्रलाइ पनि आधुनिक एवं स्तरीय बनाउन आफ्नो खास पहल हुने पनि उनको भनाइ थियो । ‘क्वालीटि, क्वीक, क्लीयर एण्ड क्लिन हाम्रो मिशन हो, हामीले पनि गर्न सकेनौं भने तुलसीपुरमा अरु कसैले गर्ने छैन’, उपमेयर चौधरीले भनिन् । उनले आर्थिक असमानताका कारण यहां महलमा बस्ने पनि दुखि भएको तथा रोडमा बस्ने पनि दुखि भएको बताइन् । यसलाइ हटाउन असमानताको ग्याप घटाउनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डांगीले आफु किसानको छोरा भएकाले कृषिको समृद्धिमा विशेष ध्यान दिने बताए ।
कृषिको मुख्य आधार भनेको सिंचाइ र किसानलाइ समयमै रसायिनिक मल उपलव्ध गराउनुपर्ने बताउंदै सिचाइको समस्या समाधान गर्न अनियन्त्रित रुपमा नदिजन्य पदार्थको दोहन रोक्न आफुले हरसम्भव प्रयास गर्ने बताए । उनले विजौरी उद्योग वाणिज्यसंघका माध्यमबाट मानपुर बजारलाइ पनि व्युझाउनुपर्ने उनको सुझाव थियो ।
वडा नं १९ का अध्यक्ष प्रेमनाथ योगीले किसानलाइ मल वितरण गर्ने सवालमा उपमहानगरपालिकाले भिन्नै निति बनाउनुपर्ने बताए । सहकारी दर्ता भएका आधारमा वडालाइ मल उपलव्ध गराउने नितिका कारण आफ्नो वडाले ४० वोरा मात्रै रसायिनिक मल पाइरहेको बताए । किनकि सो वडामा एउटा मात्रै सहकारी छ ।
अन्य वडाहरुमा भने कम्तिमा आधा दर्जन सहकारीहरु रहेका छन् । विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष समेत रहेका योगीले विजौरीको व्यवसायीक समृद्धिकालागी दहवन रोल्पालाइ वाह्रै महिना विजौरी संग यातायातले जोड्ने व्यवस्थापनकालागी व्यवसायीहरु लागीरहेको भन्दै यसमा सहयोग गर्न नगरप्रमुखलाइ आग्रह गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्तगर्दै यस क्षेत्रका व्यवसायीहरुले व्यवसायीहरुलाइ साइनवोर्ड कर नलगाउन, एकिकृत कर प्रणालिको विकाश गर्न, कृषिको समृद्धिकालागी सहज रुपम रसायिनिक मल उपलव्ध गराउन, सातामा दुइपटक फोहर उठाउने व्यवस्था मिलाउन तथा व्यवसायीक सुरक्षाको अनुभुति दिलाउन हेमन्तपुरमा रहेको प्रहरी चौकिको स्तरबृद्धि गर्न माग गरेका थिए ।
त्यसैगरी यस क्षेत्रको पर्यटकिय समृद्धिकालागी छिल्लीकोटलाइ आकर्शक पर्यटकिय गन्तव्य बनाउनकालागी सहज यातायात सेवा, विद्युत सेवा, सहज खानेपानी लगायतका भौतिक पुर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाको ध्यानाकर्षण व्यवसायीहरुले गराएका थिए ।
त्यसैगरी नेपालकै गहनाका रुपमा रहेको नेपाल संस्कृत विश्वविद्यालय पटक पटक तालावन्दीकै समस्यामा रहने बताउंदै यसमा पनि ध्यान दिन तथा विजौरीमा रहेको प्रँदेशक आयुर्वेद चिकित्सालयलाइ विरामीको गन्तव्यका रुपमा विकाश गर्न पनि स्थानिय सरकारको ध्यानाकर्षण गराइएको थियो ।
विजौरी उद्योग वाणिज्यसंघका कार्यवाहक अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विजौरी व्यापार समितिका संस्थापक अध्यक्ष दुर्गा वहादुर केसी, विजौरी उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष मुक्त वहादुर वली(मुकेश), पुर्व अध्यक्ष कमानसिंह खड्का, व्यवसायी पुष्पा डांगी, विजौरी उवासंघका उद्योग उपाध्यक्ष वालकृष्ण रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विजौरी उद्योग वाणिज्यसंघका कार्यसमिति सदस्य प्रेम वहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव विदुर गौतमले गरेका थिए ।