तुलसीपुर , जेठ २५ । दाङमा १६ दिनकी छोरीको हत्या गरेको अिभयोगमा एक १५ बर्षीया आमा पक्राउ परेकी छिन् ।
राप्ती गाउँपालिका वडा नं.३ की ती १५ बर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार मंगलबार छोरी रोयपछि उनले स्तनपान गराउन थालिन । तर, उनको दूध नपाएपछि छोरी रोइ रहिन । त्यसपछि ती किशोरी आमाले आफ्नी नाबालिका छोरीलाई आवेशमा आएर सेफ्टी ट्याङ्कीमा फालेपछि मृत्यु हुन गएको एसपी काफ्लेले बताए ।
उनी माइती घरमा बस्दै आएकी थिइन । हाल कामको सिलसिलामा मुस्ताङमा रहेका स्थानीय २२ बर्षीय विकाश घर्तीले ती किशोरी संगको आफ्नो सम्बन्ध स्वीकार गरि सकेको एसपी काफ्लेले जानकारी दिए ।
यसैबीच १६ दिने छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको अभियोग खेपेकी १५ बर्षीया आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको शबको पोष्ट मार्टमका लागि अस्पताल पठाइएको छ ।