लक्ष्मण बस्नेत, तुलसीपुर, जेठ २५ । दाङको तुलसीपुरमा संचालित प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि क्याम्पस अफ लाइभ साइन्सेश (मारिकोल्स) ‘ए’ ले जितेको छ ।
प्रतियोगिताको आयोजक आँफैले उपाधि जितेको हो । बुधबारको फाइनल खेलमा तुलसिपुर मेट्रो कलेज हरिपौरीलाई ० विरुद्ध १ गोलले पराजित गर्दै आयोजक कलेजले क्याम्पस अफ लाइभ साइन्सेशले उपाधि जितेको हो ।
जित संगै उस्ले नगद ३५ हजार र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता मेट्रो कलेजले नगद १५ हजारमा चित्त बुझाउन बाध्य भयो ।
तुलसीपुरको अरनीको खेल मैदान भएको रोमाञ्चक खेलमा दोस्रो हाफ्को २३ औ मिनेटमा क्याम्पस अफ लाइभ साइन्सेशका लागि जर्सी नं। १२ का रामशन केसीले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।
प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयरको उपाधि आयोजक क्याम्पसका अन्जन चौधरी र हाईस्कोरर बिज्ञान गौतम भए भने वेष्ट गोल किप्परको मेट्रो कलेजका अशोक शर्मा घोषित भए ।
प्रतियोगिता अबधिभर एन्फा रेफ्री मोहन गौतम, सन्दिप बिक, किरण नाथ योगीले रेफ्रीको भूमिकामा निर्वाह गरेका थिए ।
चार दिन सम्म चलेको अन्तर कृषि कलेज स्तरिय प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापन समारोह आयोजक क्याम्पसका प्रमुख केशर खत्रीको अध्यक्षता र तुलसिपुरका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव हुने बताएका थिए ।