२०८१ मङ्सिर २७ गते बिहिवार

जंगलमा १६ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार आरोपित ७ जना पक्राउ


दाङ, जेठ २३ । बाँके राप्ती सोनारीकी एक १६ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।
बलात्कारमा संलग्न पाँच जना र सहयोगी जना जना सहित सात जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने सबै बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का हुन । उनीहरु १६ बर्षदेखि २५ बर्षसम्मका छन् ।

बाँके जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुधुसुदन न्यौंपानेका अनुसार ती किशोरी र बैजनाथ ८ का एक १७ बर्षीय किशोरका बीचमा बिगत एक बर्षदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान हुनुका साथै माया प्रेम बसेको थियो ।

शनिबार दिउँसो उनै १७ बर्षीय किशोरको आफ्नो जन्म दिन मनाउन भनेर ती किशोरीलाई बाँके र बर्दिया जिल्लाको सीमानामा पर्ने मानखोला जंगल क्षेत्रमा आउन आग्रह गरे ।
राप्ती सोनारीबाट ती किशोरी सार्वजनिक बस चढेर प्रेमीको जन्मदिन मनाउन भनेर पुगिन । तर, त्यहाँ ती किशोरका अरु साथीहरु पनि थिए ।

मानखोला पुगेकी ती किशोरीलाई शनिबार साँझ पख प्रेमी र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे । बढैयाताल घुमाएर फेरि उनीहरु मानखोलाको फूलवारी आइपुगे । त्यहाँ घरेलु मदिरासहितको जन्मदिनको पार्टी चल्यो । उनीहरुले किशोरीलाई पनि उनीहरुले मदिरा सेवन गर्न कर गरे । किशोरी मदिराले लठ्ठ परिन ।
त्यसपछि एक पछि अर्कौ गर्दै त्यहाँ रहेका पाँच जना मध्य एक जना किशोरीका प्रेमी १७ बर्षीय, उनका साथीहरु विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले पालै पालो बलात्कार गरे । त्यो पीडा खेप्न नसकेर किशोरी अचेत भइन । अचेत किशोरीलाई मोटर साइकलमा राखेर राति नै उनीहरुले बाँके बैजनाथ ८ पिपरीस्थित बिक्रान्त थारुको कटेरोमा पु¥याए । जहाँ उनको बंगुर फार्म छ । त्यहाँपनि बिक्रान्त र निराजले सामुहिक बलात्कार गरे ।
जब बिहान हुन थाल्यो अब फसिने भइयो भन्ने त्रास उनीहरुलाई प¥यो ।
अर्धचेत अवस्थाकी ती किशोरीलाई मध्य राति नै घर पु¥याइदिने योजना बनाए ।

बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग भयो । बिक्रान्तको आग्रहमा एक जना चलाउने र अर्कौ एक जना ती किशोरीलाई पछाडिबाट समात्ने १६ र १७ बर्षका किशोरहरु मोटरसाइमा कुदे ।
जब उनीहरु अर्धचेत अवस्थामी किशोरीलाई बीचमा राखेर नेपालगन्ज– गुलरिया सडक खण्डमा आइतबार बिहान ४ बजेतिर कुदी रहेका थिए । त्यति नै खेर उढरापुरमा प्रहरी चेकिङमा परे । किशोरीको अवस्था देखेर प्रहरीलाई आशंका हुनु स्वभाविक थियो । सोधपुछका क्रममा उनीहरु समातिए । प्रहरीले तीनै जनालाई कार्यालयमा पु¥यायो । किशोरीको होस फिरेपछि उनले आँफुमाथि सामुहिक बलात्कार भएको भन्दै पीडा पोखिन ।

पीडित किशोरीको बयानका आधारमा उनका १७ बर्षीय प्रेमीसहित मोटरसाइकल चलाएर सहयोगीको भूमिका खेल्ने तीन जना अण्डर ऐजकासहित सात जना पक्राउ परे ।

पक्राउ परेकाहरुलाई जबर्जजस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *