२०८१ मङ्सिर २७ गते बिहिवार

तुलसीपुरमा एमालेको एकल बहुमत

पत्रकार लक्ष्मण बिश्वकर्मा पनि कार्यपालिका सदस्य



तुलसीपुर, जेठ २१ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित भएका छन ।

निर्वाचित हुने सबै नेकपा एमालेका हुन । कार्यपालिका सदस्यका लागि यहाँ नेपाली काँग्रेस तथा गठबन्धन दलहरुबाट कुनै उम्मेदवारी नै परेको थिएन ।

तुलसीपुरस्थित निर्वाचन अधिकृत राजेश्वर अर्यालका अनुसार शनिवार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरे संगै नेकपा एमालेका आठ जना निर्विरोध निर्वाचित भएका हुन ।

उनीहरुको मात्रै उम्मेदवारी परेको र प्रतिष्पर्धी कसैको पनि उम्मेदवारी परेको हुँदा आठ जना सबै निर्वाचित भएको अर्यालले बताए ।

बैशाख ३० गतेको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका महिला मध्य तुलसीपुर उपमहानगरपालिका वडा नं. १ की गौरी नेपाली, तुलसीपुर – ६ की यमुना परियार, तुलसीपुर ९ की बसन्ता केसी, तुलसीपुर–१५ की सीता कुमारी लामिछाने र तुलसीपुर १६ की रिखा शर्मा छन् ।

त्यस्तै मनोनित तर्फ दलित तथा अल्पसंख्यकबाट तुलसीपुर ४ का लक्ष्मण विश्वकर्मा, तुलसीपुर १२ का मोहन विक र तुलसीपुर– १७ का तुलाराम नेपाली निर्वाचित भएका हुन ।

निर्वाचित मध्य लक्ष्मण बिक पत्रकार हुन । उनी रेडियो प्रकृतिमा कार्यरत थिए ।

निर्वाचित सबैलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहणको कार्यक्रम भने मंगलवार मात्रै हुने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार गत विहीवार कार्यपालिका सदस्यका लागि उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *