तुलसीपुर, जेठ २० । तुलसीपुर बसपार्कमा खानेपानी समस्या समाधान गर्नको लागि डिप बोरिङ खन्ने कार्यको थालनी गरिएको छ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नयाँ बसपार्क क्षेत्रमा खानेपानीको सहज आपुर्ति गर्ने उदेश्यका साथ डिप बोरिङ खन्न लागेको अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए ।
शुक्रबार डिप बोरिङ खन्ने कामको शिलन्यास गरिएको पनि उनले बताए । जस्का लागि तुलसीपुर बसपार्क उपभोक्ता खानेपानी समितिपनि गठन गरिएको छ ।
अध्यक्ष प्रेमप्रकाश गिरी रहेको उक्त समितिमा उपाध्यक्ष धनबहादुर केसी, सचिव उमालाल बुढाथोकी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत रहेका छन् ।
त्यस्तै सदस्यहरुमा यजय बुढाथोकी, कुलबहादुर भण्डारी, हरिबहादुर बिक, निर्मल नेपाली, साबित्रा केसी, हस्तबहादुर केसी र सल्लाहाकारहरुमा साबित्रा गुरुङ र बेदप्रशाद वली रहेका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार