२०८१ बैशाख ७ गते शुक्रवार

सांसद वलीलाई हेलिकोप्टरबाट काठमान्डौं लैजाने तयारी

दाङ,माघ २५ । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका सांसद उत्तरकुमार वलीलाई हेलिकोप्टर बाट काठमान्डौं लैजाने तयारी गरिएको छ । कोहलपुर मेडिकल कलेजमा उपचाररत सांसद वलीलाई थप उपचारको लागि केही बेरमै काठमान्डौं लैजान लागिएको हो । सांसद वलीका स्वकिय सचिव एमएन शाहले थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमान्डौं लैजाने तयारी भएको जानकारी दिए ।

यसअघि छिमेकी देश भारत उपचारका लागि लैजान भन्दै त्यहाँबाट भेन्टिलेटरसहितको एम्वुलेन्स मागिएको भएपनि अन्त्यमा काठमान्डौं लैजाने तयारी गरिएको छ । प्रधामन्त्री केपी शर्मा ओली र ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सांसद वलीको थप उपचारको लागि चासो र चिन्ता व्यक्त गरेको शाहले बताए । हेलिकोप्टर मार्फत काठमान्डौं लैजान तयारी गरिएको सांसद वलीको स्वास्थ्यमा पछिल्लो समय केही सुधार आएको शाहले जानकारी दिए । ‘चिकित्सकले केही सुधार आएको जानकारी दिएका छन्,’ शाहले भने ‘मुटुको धडकन चलेको छ, स्वाप्रश्वासमा सुधार आएको छ र रक्तसंचारमा समेत सुधार भएको छ ।’

तर अझैंपनि सांसद वलीको भेन्टिलेटरमै राखेर उपचार भइरहेको हुँदा खतरा टरि नसकेको भन्ने जानकारी दिइएको छ । तत्कालिन नेकपा एमालेवाट दाङको निर्वाचन क्षेत्र नं. ३ को २ बाट प्रदेशसभामा सदस्यमा निर्वाचित सांसद वली विहीवार अस्थायी राजधानी बुटवल बाट तुलसीपुरस्थित घर तर्फ फर्कदै गर्दा दुर्घटनामा परेका थिए ।

घोराही–लमही सडक खण्डको चिसापानी भन्ने स्थानमा भएको दुर्घटनामा परि रुकुम पश्चिमको खलंगा गाउँपालिका नं. २ मुसिकोट निवासी ३६ बर्षीया रमिता शर्माको मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकरी दिए ।

विहीवार बेलुका पौने ५ बजेतिर ५ नं. प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार वली सवार कारलाई यात्रुबहाक बसले ठक्कर दिदा वली गम्भीर घाइते भएका छन् भने उनीसंगै अरु १३ जना घाइते भएका थिए । बसमा सवार थप एकजना घाइतेलाई लमहीको उपचार पछि थप उपचारको लागि बुटवल लगिएको भएपनि अवस्था सामान्ने रहेको भन्ने खवर आएको एसपी पाण्डेले जानकारी दिए । अन्य सबै उपचार पछि घर फर्किसकेको प्रहरीले बताएको छ ।

सांसद वलीलाई भने हात,खुट्टा र टाउकोमा गम्भीर चोट लागेको तथा छातिका ५ वटा करणपनि भाँचिएको भन्ने खवर चिकित्सकले दिएको स्वकिय सचिव शाहले बताए । ‘करण भाँचिदा शरिरका भित्रि अंगमा पनि क्षति पुगेको हुँदा अवस्था जटिल छ भन्ने जानकरी चिकित्सकले दिएका छन्,’ शाहले भने ‘तर,हिजोको भन्दा स्वास्थ्यमा उल्लेखनिय सुधार आएको भन्ने जानकारी दिइएको छ।’

घोराही बाट लमही तर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्वरको यात्रुबहाक बसले लमहीवाट घोराही तर्फ आउँदै गरेको सांसद वली सवार कार बा १८ च ६८३६ नम्वरको कारलाई घोराही ३ स्थित चिसापानी भन्ने ठाउँमा ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

कारमा सांदस वली र अर्का युवा लिला विक मात्रै सवार थिए । विक उपचारपछि घर गइसकेको प्रहरीले जानकारी दिएको छ । कार सांसद वलीले आँफै चलाएका थिए । कारमा सवार २ जना र बसमा सवार १२ जना गरि कुल १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *