बुटवल,जेठ १७ । रुपन्देहीको देवदहमा महिला सम्पर्कविहीन हुने क्रम बढेको छ ।
देवदह नगरपालिकामा पछिल्लो १५ दिनको अवधीमा मात्रै ३ जना महिला सम्पर्कविहीन भएका छन् ।
देवदह–३ समेरहानाकी ४० वर्षीया मिरा भूजेल जेठ ३ गतेदेखि सम्पर्कविहीन भएकी छिन् । घरबाट कसैलाई नभनि घरबाट हिडेँकी भुलेज अहिलेसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जानकारी दिए ।
यस्तै देवदहकै ३१ वर्षीया कला पोखरेल दुबे जेठ ११ गतेदेखि सम्पर्कविहीन भएकी छिन् ।
सो दिन जेठ ११ गते बुटवलमा किस्ता बुझाउन जान्छु भनेर हिडेको भए पनि अहिलेसम्म सम्पर्कमा नआएको उनका श्रीमान् गोपाल दुवे बताउँछन् ।
यता देवदह नगरपालिका–५ की २८ वर्षीया जैसी जेठ ४ गतेदेखि सम्पर्कविहिन भएकी थिइन् ।
घरबाट भैरहवा काम गर्न जान्छु भनी हिडेकी जैसी एक हप्तापछि परिवारको सम्पर्कमा आएको उनका श्रीमान प्रेमनारायण भण्डारीले बताए ।
प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार