दाङ, जेठ १६ । जहाज दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३ लापुते निवासी २५ बर्षीय पाइलट उत्सब पोखरेलको निधन भएको छ ।
आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको बिहान दुर्घटनामा परि पाइलट पोखरेलको निधन भएको हो ।
पोखरेलले एक बर्ष पहिले सन २०२१ को अप्रिलमा मात्रै तारा एयरमा जागिर सुरु गरेका थिए ।
फिलिपिन्सबाट पाइलट कोर्ष पुरा गरेर स्वदेश फर्केपछि उनले प्लेन उडान थालेका थिए । उत्सवका दाजु उमेश पनि हाल फिलिपिन्समा पाइलटको ट्रेनिङ लिइरहेका छन् ।
बुवा मनिराम पोखरेलका अनुसार उनीहरुको घर दाङको बिजौरी पनि छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार