२०८१ मङ्सिर २७ गते बिहिवार

घाँस झार्न रुखमा चढेका १६ बर्षे किशोरको लडेर मृत्यु

दाङ, जेठ १४ । रोल्पामा घाँस झार्न रुखमा चढेको एक १६ बर्षे किशोरको लडेर मृत्यु भएको छ ।


रुखबाट लडेर गम्भीर घाइते भएका जिल्लाको गंगादेब गाउँपालिका वडा नं. ५ उदिनढुंगाका १६ बर्षीय थलराज वलीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।


जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले वली शुक्रबार राति सवा दश बजेतिर उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

वली शुक्रबार बेलुका ७ बजेतिर घर नजिकैको रुखमा घाँस झार्न भनेर चढेको समयमा लडेर गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *