२०८१ फाल्गुन २ गते शुक्रवार

तुलसीपुरमा गठबन्धनबाट माओबादीलाई लाभ, काँग्रेसले गुमायो पाँच वडा

मेयर उपमेयरसहित एमालेले जित्यो दश वडा
दाङ, जेठ ११ । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले मेयर उपमेयरसहित दश वटा वडाध्यक्ष पनि जितेको छ । यहाँ नेपाली काँग्रेसले पाँच वडाध्यक्ष जित्यो । त्यस्तै नेकपा माओबादी केन्द्रले तीन वडाध्यक्ष जितेको छ । तुलसीपुर १६ मा भने स्वतन्त्र उम्मेदवार बिजयी भए ।

यसपटक गठबन्धनबाट माओबादी केन्द्रले फाइदा लियो । २०७४ सालको निर्वाचनमा माओबादीले तुलसीपुरमा एउटा वडापनि जितेको थिएन । तर गठबन्धनकै कारण यसपाली माओबादीले लाभ लिएको छ । २०७४ सालमा दश वडा जितेको काँग्रेसले यसपाली पाँच वडाहरुमा चित्त बुझाउन बाध्य भयो ।


नेकपा एमालेले तुलसीपुर उपमहानगरका १९ वडाहरु मध्य यसपटक काँग्रेसबाट चारवटा वडाहरु खोसेको छ ।
२०७४ सालमा नेपाली काँग्रेसले जितेका वडा नं.२, १०, ११ र १३ नम्बर वडाहरुमा यसपटक एमालेले जित हासिल गरेको छ ।

निर्वाचन कार्यालय तुलसीपुरका अनुसार उपमहानगरपालिकाका वडा नं.२, ३, ६, ८,१०, ११, १३, १५, १८, १९ मा एमालेले विजयी भएको छ । नेपाली काँग्रेसले ५, ७, ९, १४ र १७ नम्बर वडा जितेको छ ।

त्यस्तै गठबन्धनको तर्फबाट १, ४, १२, नम्बर वडा नेकपा माओवादी केन्द्रले जितेको छ । तुलसीपुर – १६ नम्बर वडामा भने स्वतन्त्रले जितेका छन् । तुलसीपुरमा कुल ७४ हजार ३ सय ३७ मत खसेको थियो ।

घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनलाई हराएर जित हात पारेको थियो। घोराहीमा एमालेले ११ वडामा जित हासिल गरेको थियो । यी दुबै उपमहानगरको मेयर उपमेयर २०७४ को चुनावमा पनि एमाले जितेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *